Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपरोपकारी युवा सन्जालद्वारा विपन्नलाई सहयोग

परोपकारी युवा सन्जालद्वारा विपन्नलाई सहयोग


हेटौंडा, वैशाख २६
परोपकारी युवा सञ्जाल मकवानपूरले विपन्न तथा दलित परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना को विश्वव्यापी महामारीको कारण संक्रमण फैलिन नदिन राज्यद्वारा गरिएको लकडाउनका समस्यामा परेका विपन्न, श्रमिक, अतिविपन्न, दलित, अभावमा रहेका तथा पहुँच नभएका परिवारहरुलाई संजालले खाद्यान्न सहयोग गरेको हो । ‘बोलेर हैन गरेर देखाऔँ’ भन्ने नारालाई आत्मसात् गर्दै सन्जालले हेटौंडा उपमहानगरपालिका वडा नं ६ मा २२ परिवारलाई विशेष पोषण प्याकेज उपलब्ध गराएको सञ्जालका सदस्य रमेश सापकोटाले बताए । उक्त प्याकेजमा पालिस नगरेको वासमती चामल ५केजि, अण्डा ३० वटा, गेडागुडी तथा क्वाँटी२किलो, शुद्ध तोरीको तेल आधा लिटर, हरियो तरकारी तथा सागपात ५ किलो, फलफुल, ज्वानो जस्ता खाद्य सामग्री वितरण गरिएको बताए । उक्त कार्यक्रममा वडा अध्यक्ष अर्जुन चौलागाईं लगायतको उपस्थिति रहेको थियो।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया