Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालमा जलविद्युत् सम्भावनाको अन्वेषणबारे वेबिनार आयोजना

नेपालमा जलविद्युत् सम्भावनाको अन्वेषणबारे वेबिनार आयोजना


काठमाडौं, साउन ११
भारत–नेपाल सेन्टर÷एसडीसीले नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल), एनएचपीसी लिमिटेड र पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (पीएचडीसीआई)को सहयोगमा ‘नेपालमा जलविद्युत् सम्भावनाको अन्वेषण’मा गत बिहीबार एक वेबिनार आयोजना गरेको थियो । यस पहललाई नेपाल–भारत द्विपक्षीय सम्बन्ध सामान्य बनाउन महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोग (एनपीसी)का सदस्य सुशील भट्टले नेपाल र भारत दुवैमा आर्थिक सुधारको लागि थप संयुक्त प्रयास हुनुपर्नेमा जोड दिए ।

उनले एनपीसीले भर्खर पाँच वर्षको लागि १५औँ आवधिक योजना तर्जुमा गरेको पनि जानकारी दिए । उनले आगामी तीन वर्षमा ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने बताए । त्यस्तै कार्यक्रममा विद्युत् नियमन आयोग (एनईसी)का सदस्य डा. रामप्रसाद धितालले नेपालको जलविद्युत् क्षेत्रमा व्यापार र लगानीका अवसरबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए । उनले कानुनी सुधार, नियामक रिपोर्ट र नीति तथा संस्थागत सुधारका क्षेत्रमा अवसरहरूका लागि विभिन्न सुधारहरूबारे जानकारी गराएका थिए । उनले विदेशी प्रत्यक्ष लगानी (एफडीआई)को आवश्यकता पनि औँल्याए । जसले मुलुकमा जलविद्युत्को छिटो विकासको लागि मार्गप्रशस्त गर्ने उनको भनाइ थियो । उनले नेपालमा विद्युतीय यातायात र खाना पकाउने पूर्वाधारको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले आगामी आठ वर्षमा (२०२८ सम्म) १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने र २०३० सम्ममा सबैलाई पर्याप्त बिजुली, किफायती र विश्वासयोग्य बनाउने सरकारको लक्ष्यको रहेको बताए ।

यसैगरी कार्यक्रममा एनएचपीसी लिमिटेडका निर्देशक (प्राविधिक) वाई के चौबे र एनएचपीसी लिमिटेडका कार्यकारी निर्देशक वी के मैनीले नेपालमा जलविद्युत सम्भावनाको अन्वेषणबारे प्रस्तुतीकरण दिए । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) का सीईओ अनुकुल भटनागरले नेपालमा जलविद्युत सम्भावनाको अन्वेषणमा वित्तीय परिप्रेक्ष्य दिएका थिए ।

कार्यक्रममा पीएचडीसीसीआईका वरिष्ठ उपाध्यक्ष संजय अग्रवालले विश्वव्यापी महामारीका कारण नराम्रो असर परेको भारत र नेपालको अर्थतन्त्रलाई पुनर्बहाली गर्न आवश्यक पर्ने एमएसएमईलाई सहयोग पु-याउनेबारे प्रकाश पारे । भारत नेपालको आर्थिक प्रगति र कल्याणको लागि एक मजबुत साझेदार हुनु आवश्यक रहेको उनको भनाइ छ । जलविद्युत् दुवै देशका लागि सहयोग र आपसी लाभका लागि एक आदर्श प्लेटफर्म भएको पनि उनले बताए । पीएचडीसीसीआईका उपाध्यक्ष प्रदीप मुलतानीले भारत र नेपालबीचको सम्बन्धलाई अवगत गराए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x