Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआसन्न चाडपर्वलाई लक्षित गरी ‘सेफ्टी पिन’ अभियानमा प्रहरी परिचालन

आसन्न चाडपर्वलाई लक्षित गरी ‘सेफ्टी पिन’ अभियानमा प्रहरी परिचालन


काठमाडौं ।
आसन्न चाडपर्वलाई लक्षित गरी उपत्यकाको बढी भिडभाड हुने क्षेत्रहरू व्यापारिक, आर्थिक, तथा वित्तीय क्षेत्रहरूमा प्रहरीले सेफ्टी पिन अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत खटिएका प्रहरीहरूलाई सादा पोसाकमा खटाउन थालिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलले सो अभियान सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानहरूमा महिलामाथि हुने यौनजन्य दुर्वव्यवहार न्यूनीकरणको लागि खटाइएको भए पनि हाल विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ का कारण लकडाउन अवधि समाप्त भई सार्वजनिक यातायात सञ्चालन भए व्यापारिक क्षेत्रहरूमा भिडभाड बढेकाले त्यस्ता क्षेत्रहरूमा परिचालन गरिएको बताए ।

सेफ्टी पिन अभियानअन्तर्गत खटिएको प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिलामाथि हुने यौनजन्य दुव्र्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी, ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने उनले बताए । लकडाउन खुलेसँगै महिला तथा वालबालिकाविरूद्ध हुने विभिन्न खाले यौन तथा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि महिला प्रहरी निरीक्षकसहितको पुलिस मोबाइल भ्यान पनि २४सै घण्टा उपत्यकामा परिचालन गरी समस्यामा रहेका व्यक्तिहरूलाई सेवा प्रवाह गरिने उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया