भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि

बुटवल ।
नेपाल आयल निगम लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय भलवारी, रूपन्देहीले पेट्रोल भण्डारण क्षमतामा तीन गुणा वृद्धि गरेको छ । कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी भण्डारण क्षमता वृद्धि गरेको हो ।
शनिबार आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले उद्घाटन गरेका हुन् । उनले यसले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको बताए । यसैगरी उनले यो प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरी भएका बस्तीहरु समेत सुरक्षित हुने बताए । कार्यक्रममा बोल्दै सचिव अर्यालले यो क्षेत्रको विकास र विस्तारका लागि निजीको ठूलो सहयोग आवश्यक रहेको बताए ।
कार्यालयका कार्यालय प्रमुख तथा लुम्बिनी प्रदेश प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यका अनुसार हाल डिपोको तीन हजार ४० कि.लि. डिजेल, एक सय ४० कि.लि. पेट्रोल र तीन सय ७९ कि.लि. मट्टीतेलको भण्डारण क्षमता रहेको छ । हाल मट्टीतेलको माग कम र पेट्रोलको माग बढ्दो रहेको समेत उनले बताए । भण्डारण भएको पेट्रोलले माग आधा दिनसम्म मात्र धान्न पनि मुस्किल रहेको छ । ‘दैनिक दुई–तीन सय कि.लि. पेट्रोल खपत हुन्छ तर भण्डारण क्षमता कम छ ।
हालको मट्टीतेलको टैंकलाई आईएफआर प्रविधिमार्फत पेट्रोलमा रूपाण्तरण गरी नवनिर्मित एक सय ४० कि.लि. भण्डारण क्षमता भएको भण्डारण गृहमा मट्टीतेल भण्डारण गरी पेट्रोलको भण्डारण क्षमता करिब तीन दिनको बनाउने मुख्य लक्ष्य हो’, उनले भने, ‘जुन लक्ष्यले पेट्रोल भण्डारणमा देखिएको समस्यालाई धेरै सहयोग पु¥याउने निगमको विश्वास छ ।’
साथै निगमले सेवा प्रवाहलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्यअनुरूप शनिबार रि–ईन्जिनियरिङ परियोजनाको प्रथम चरणअन्तर्गत फोरबाई लोडिङ÷अनलोडिङ टिएलएफ सेड, पार्किङ यार्ड र बाउण्ड्री वाल निर्माण, इलेक्ट्रिकल प्यानल हाउस निर्माण र एक सय ४० केएल मट्टीतेल भण्डारण गृहको पनि सोही कार्यक्रमका बीच एकैसाथ उद्घाटन गरेको छ ।
बढ्दो जनसंख्या, उपभोक्ताको जीवनस्तरमा आएको सुधार सडकमार्गको विस्तार, सवारी साधनको संख्यामा भएको वृद्धि, बढ्दो आर्थिक विकासले पेट्रोलियम पदार्थको माग सत प्रतिशत वृद्धि भएको बताउँदै आचार्यले निगमको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत डिपोलाई आधुनिकरण गरी अटोमेसन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षाको उपाय एवं प्रविधिहरूको प्रयोगले रि–इन्जिनियरिङ परियोजनाको प्रथम चरण सम्पन्न भएको जानकारी दिए ।
प्रथम चरणको कार्यसम्पन्न अवस्थालाई जनाकारी गराउँदै उनले मागअनुसार पेट्रोलियम पदार्थ लोड/अनलोड गर्न सक्नेगरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक टीएलएफ सेड निर्माण गरी पाइपलाइन जडान, भल्भहरू पम्पहरू जडानका साथै टैंक, ट्रक लोड गर्न अत्याधुनिक उपकरण जडान भएको बताए ।
उनले लोड अनलोडमा थपिएको सेवाले रातिमा लोड/अनलोन गर्नुपर्ने बाध्यतात्मक अवस्थाको अन्त्य भएको बताउँदै रातिमा पम्पहरूमा इन्धनको ढुवानी गर्दा देखिएको समस्याको अन्त्य भएको समेत दाबी गरे । बढ्दो सवारी चापमा बढ्दो इन्धन खपत अवस्थामा भण्डारण गर्न र डिपोबाट निकासीको लागि आएका इन्धनका सवारी साधनहरूलाई देखिएको पार्किङ समस्यालाई पार्किक यार्डले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आचार्यले पेट्रोलियम पदार्थ अति प्रज्ज्वलनशील पदार्थ भएकोले सम्भावित घटनाबाट बच्न र इलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक प्यानल हाउस निर्माण गरिएको बताए ।
उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका सचिव तथा नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले रिवन काटेर उद्घाटन गरेको उक्त परियोजना अन्तर्गतको कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलको अध्यक्षता, लेखा प्रमुख रमेश ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको भएको थियो ।
ताजा अपडेट
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
- चरीकोट–जिरी सडक निर्माण तोकिएको समयभित्र नै सक्ने लक्ष्य
- चार लेनको पुलले जोडेपछि महाकाली पारि बढ्न थाल्यो आर्थिक क्रियाकलाप
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया