Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचेम्बर र सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीबीच छलफल

चेम्बर र सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीबीच छलफल


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीबीच सोमबार चेम्बर भवन जमलमा छलफल तथा भेटघाट भएको छ । उक्त अवसरमा चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठले सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित कार्य समितिको सफलताको कामना गर्दै सुनचाँदी व्यवसायीहरुको समस्याहरुलाइ चेम्बरले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न तत्पर रहेको बताए ।

भेटमा सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिक रत्न शाक्यले महासंघ चेम्बरसँग लामो समयदेखि आबद्ध रहेर निजी क्षेत्रको व्यवसाय व्यापारको हकहित स्थापित गर्न अग्रसर रहेको बताउदै सुनचाँदी व्यवसायका विभिन्न समस्याहरु समाधानका लागि पहल गर्न आग्रह गरे ।

चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायको प्रवर्द्धन गर्न विभिन्न सुझावहरु पनि प्रस्तुत गरेका थिए । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष कमलेश अग्रवालको पनि उपस्थिति रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया