Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल३५ बिघा जग्गामा लगाइएको अवैध लागूऔषध अफिम खेती नष्ट

३५ बिघा जग्गामा लगाइएको अवैध लागूऔषध अफिम खेती नष्ट


मकवानपुर । राक्सिराङ गाउँपालिका–४ अन्तर्गत चौकीटार, मादलसिंह, कैलाश गाउँपालिका–४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका–७ अन्तर्गत बिलासी, ताम्लाङ र सोही गाउँपालिका–८ अन्तर्गत रुपलाङ र डुडलुङलगायतको क्षेत्रमा ३५ बिघामा लगाइएको अवैध लागूऔषध अफिम खेती प्रहरीले मंगलबार फडानी गरी नष्ट गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया