Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्रसर उद्योगलाई करको दायरामा ल्याउन जोड

क्रसर उद्योगलाई करको दायरामा ल्याउन जोड


दोलखा । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । जिल्लामा कति क्रसर उद्योग सञ्चालनमा छन् भन्ने यकिन विवरण नै नभएको भन्दै उनले अनुगमन गरेर सबै उद्योगलाई करको दायरामा ल्याउनुपर्ने बताए ।

भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षको कार्यक्रम तथा आयोजना र बजेट समेटेर तयार पारेको पुस्तकको मंगलबार विमोचन गर्दै उनले जिल्लामा धेरै क्रसर उद्योगहरू अवैधरूपमा चलिरहेको बताए । कुन क्रसर उद्योगले हालसम्म कति कर तिरे भन्ने तथ्याङ्क पाउन नै मुस्किल भएको उनको भनाइ थियो । आफ्ना पालिकामा सञ्चालनमा रहेका क्रसर उद्योगको रेकर्ड सम्बन्धित पालिकाले राख्नुपर्ने उनले बताए । छिट्टै नै यहाँ सञ्चालित क्रसर उद्योगहरूको अनुगमन गरी करको सीमा निर्धारण गर्ने उनले जानकारी दिए ।

भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा नगरभित्र सञ्चालन गर्ने योजना तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक ऐन, विनियोजन ऐनलगायतका विषयवस्तु समेटेर पुस्तक तयार पारेको छ । कार्यक्रममा नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले नगरको टोल बस्तीसम्मै पुगेर नगरबासीमार्फत आएका योजनालाई नै आफूहरूले प्राथमिकता दिएको बताए । यस्तै उनले यसअघिको नेतृत्वले थालनी गरेका राम्रा कार्यक्रमलाई पनि समेटेर निरन्तरता दिएको जानकारी दिए । नगरपालिकाकी उपमेयर कमला बस्नेतले सीमित स्रोत र साधन, असीमित जनअपेक्षा र आवश्यकता, चरणबद्ध छलफलका लागि कम समय, तोकिएको समयभित्रै कार्यसम्पन्न गरिसक्नुपर्ने बाध्यतालगायतका चुनौतीहरूको सामना गर्दै नगरको आर्थिक वर्ष २०७९/८० को बजेट आएको बताइन् ।

बस्नेतले बजेटमा नगरको बृहत् योजना २०७७ ले तय गरेको ‘कृषि–पशुपालन, पर्यटन, दिगो पूर्वाधार शिक्षा स्वास्थ्य र संस्कृतिले समुन्नत भीमेश्वर नगर भन्ने दूरदृष्टिलाई ध्यान दिइएको जानकारी दिइन् । नगरको समग्र विकासका लागि पूर्वाधार निर्माण, कृषि प्रविधिको प्रयोग गर्दै नगरक्षेत्रका किसानको उन्नति, पशुपालनमा सहज सुविधा, आधुनिक शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच, स्वरोजगार, साना तथा मझौला उद्योगको विकास र पर्यटनमा अब्बल भीमेश्वर नगर बनाउनेजस्ता विषय यस वार्षिक योजना तथा बजेटको प्रमुख लक्ष्य रहेकोे उनको भनाइ छ । नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को लागि ९० करोड ७० हजारको बजेट सार्वजनिक गरेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x