Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभृकुटीमण्डपमा आगलागी

भृकुटीमण्डपमा आगलागी


काठमाडौं । काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी भएको छ । प्रहरीका अनुसार बुधबार अपरान्ह काठमाडौ महानगरपालिका वडा नं. २९ भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको गोदाम घर र राष्ट्रीय अपाङ्ग कोषको कृतिम मानव अंगहरू राखिएको गोदाम घरमा आगोलागी भएको हो ।

आगलागीको सुचना पाएलगत्तै आगलागी नियन्त्रणका लागि काठमाण्डौ महानगरपालीकाबाट (जुद्द बारुण यन्त्र)–१, बौद्ध रामहिटिबाट –१, ललितपुर महानगरपालीकाबाट–१, भक्तपुर नगरपालीकाबाट –१, नेपाली सेनाबाट –२, बिमानस्थलबाट–१ र नेपाल प्रहरीबाट– १ वाटर क्यान सहित ८ वटा दमकल र ३० वटा पानी ट्याङकरहरू परिचालन गरिएको थियो । यस्तै आगलागी नियन्त्रणको लागी जिल्ला प्रहरी परिसर काठमाडौका प्रहरी बरिष्ठ उपरीक्षकको नेतृत्वमा १ सय २० जनाको प्रहरी टोली, नेपाली सेनाबाट १०० जना, सशस्त्र प्रहरी बल, नेपाल बिपद ब्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट ६० जना सुरक्षाकर्मीहरू परिचालित भएका थिए । त्यस्तै गरी महानगरपालीकाबाट ३० जना नगरपालीकाको सुरक्षाकर्मीहरू परिचालित भएको प्रहरीले जनाएको छ । अपरान्ह ४ः ३० बजेबाट शुरु भएको उक्त आगोलागी बेलुका ७ : १५ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीमा कुनैपनि मानवीय क्षति नभएको र प्रारम्भिक रूपमा बुझ्दा करोडौको क्षति भएको भन्ने बुझिन आएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरिक्षक दिनेश राज मैनालीले जानकारी दिए । आगलागीको कारण नखुलेको र आगोलागीको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान कार्य जारी रहेको मैलालीले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x