Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमधुमेहका बिरामीको स्वास्थ्य परीक्षण

मधुमेहका बिरामीको स्वास्थ्य परीक्षण


काठमाडौं । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय भन्दा बढी मधुमेहका बिरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । एचबीएवान सी, पीपी र फास्टिङलगायतका ल्याब टेस्टमा पनि निःशुल्क परीक्षण गरिएको हो । मधुमेहका बिरामीहरूलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्कसको सिफारिसअनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको केसीले बताए । निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरूलाई दुई हप्तासम्म फ्लो अप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया