Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएनआरएनएको पहलमा नेपाल जाने र फर्केका पर्यटकबीच अन्तर्क्रिया

एनआरएनएको पहलमा नेपाल जाने र फर्केका पर्यटकबीच अन्तर्क्रिया


काठमाडौं । गैरआवासीय नेपाली संघअन्तर्गतको पर्यटन प्रवर्द्धन समिति र युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (ईएनसीसीटी) का संयुक्त आयोजनामा आगामी वर्ष नेपाल जाने पर्यटकहरुका लागि आवश्यक जानकारी दिने उद्देश्यले अन्तत्र्रिmया कार्यक्रम गरेको छ ।

समितिका संयोजक तथा संघका प्रवक्ता सोम सापकोटाका अनुसार गत साता भर्चुअल कार्यक्रममा नेपाल भ्रमण गरिसकेका र आगामी वर्ष भ्रमणको लागि तयारी गरेका पर्यटकबीच छलफल भएको थियो । कार्यक्रममा युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (ईएनसीसीटी) का अध्यक्ष दीपेशमान शाक्य र एनआरएनए पर्यटन प्रवर्द्धन समितिमा सदस्य कमल भट्टले संयुक्त रुपमा पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मल्टा, आयरल्याण्ड, यूके र स्विट्जरल्याण्डबाट नेपाल गएर फर्किएका पर्यटक र आगामी वर्ष जाने योजनामा रहेका पर्यटकहरुबीच छलफल भएको संघका प्रवक्ता तथा समितिका संयोजक सोम सापकोटाले जानकारी दिए । युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम –ईएनसीसीटी) को सहकार्यमा आयोजित कार्यक्रममा बेल्जियम, मलेसिया, जर्मन, चीन, इटाली, मल्टा आयरल्याण्ड यूके, स्विट्जरल्याण्डलगायत १३ देशका पर्यटकहरुले आआफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा ईएनसीसीटीका योएएन कोनेलिय, ग्रे फुचस्, जित रानाभाटलगायतले आफ्नो भनाइहरु राखेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया