Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपर्यटक शुल्कबाट ३० करोड बढी राजस्व सङ्कलन

पर्यटक शुल्कबाट ३० करोड बढी राजस्व सङ्कलन


सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट तीन करोड बढी राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको हालसम्म प्रवेशशुल्कबाट तीन करोड ६२ लाख सात हजार राजस्व सङ्कलन गरेको हो ।

चालू आर्थिक वर्षमा १५ हजार तीन सय १३ पर्यटकहरू खुम्बु भित्रिएको गाउँपालिकाको तथ्याङ्क छ । जसमा साउन महिनामा दुई सय तीन जना, भदौमा छ सय ६१ जना, असोजमा पाँच हजार छ सय २९ जना, कात्तिकमा सात हजार सात सय ८६ जना र मंसिर १५ गतेसम्ममा एक हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् । पालिकाले प्रतिविदेशी पर्यटक दुई हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाईले जानकारी दिए । उनले भने, ‘यो रकम पालिकाको छुट्टै राजस्व खाता राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ, त्यहाँ जम्मा हुन्छ, यो पैसा हामी पर्यटक पूूर्वाधार विकासमा मात्रै खर्च गर्छौँ ।’ उक्त शुल्क गाउँपालिकाको राजस्व खातामा दाखिला हुनेगरेको छ । १० वर्षभन्दा कम उमेरका, कूटनीतिक नियोगका व्यक्तिहरू तथा नेपाल सरकारबाट निर्णय भएर खोज तथा अनुसन्धानमा आएका व्यक्तिहरूलाई शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

मुलुक संघियतामा गएसँगै २०७४ सालमा पहिलो पटक स्थानीय सरकारले निर्णय गरेर पर्यटकहरूबाट पालिकाले छुट्टै राजस्व सङ्कलन गर्न थालिएको हो । उक्त निर्णय खारेजीको माग गर्दै पर्यटन व्यवसायीहरूले अदालतमा मुद्दा समेत हालेका थिए । तर सो मुद्दामा उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले गाउँपालिकाको नाममा फैसला गरेसँगै शुल्क लिने कार्यको बाटो खुलेको हो । सगरमाथा क्षेत्र भ्रमण गर्न आउने विदेशीहरूलाई सगरमाथा राष्ट्रिय निकुञ्जले पनि निकुञ्ज प्रवेशशुल्क लिने गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x