Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुमा सम्पन्न खुला पुरुष डबल ब्याडमिन्टनको उपाधि श्रेष्ठ र खनाललाई

सोलुमा सम्पन्न खुला पुरुष डबल ब्याडमिन्टनको उपाधि श्रेष्ठ र खनाललाई


सोलुखुम्बु । सोलुखुम्बुमा सम्पन्न प्रथम डिबी किराँती (थुलुङ) स्मृति खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्बु ब्याडमिन्टन संघका अर्जुन श्रेष्ठ र आशिष खनालले हात परेका छन् । सोमबार सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पस नजिकैको कभर्डहलमा सम्पन्न फाइनल खेलमा लुक्लाका लाक्पा तेन्जी तामाङ र अनुज तामाङको टिमलाई पराजित गर्दै सल्लेरीका श्रेष्ठ र खनालले उपाधि हात पारेका हुन् ।

ओखलढुंगाका श्रवण चौधरी र सञ्जय राईको टिम तथा काठमाडौंका गणेश ढुंगेल र नारायण गौतम तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । यस्तै महिला महिला डबलतर्फ काठमाडौंका सोमा गुरुङ र निकिता लामाको टिम पहिलो भए । उनीहरूले सोलुखुम्बु ब्याडमिन्टन संघका पुजा मगर र माया राईलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएका हुन् । सोलुखुम्बु सल्लेरीका सरिता राई र कला राई तथा ओखलढुंगाका प्रेमु राई र काठमाडौंका टसी शेर्पा तेस्रो भएका छन् ।

यस्तै पुरुष ३५ वर्षमाथिका ब्याडमिन्टनतर्फ काठमाडौंका नारायण गौतम र सोलुखुम्बु लुक्लाका ल्हाक्पा तेन्जिङ तामाङ पहिलो भएका छन् । गौतम र तामाङले ओखलढुंगाका राम राई र हित राईलाई पराजित गर्दै पहिलो उपाधि उचालेका हुन् । सोलुखुम्बु ब्याडमिन्टन संघका रघुनाथ खनाल र फूर्वा ग्याल्जेन शेर्पा (फुरी) तथा सोलुखुम्बु सल्लेरीका तुला मगर र निर्मल श्रेष्ठ तेस्रो भएको खेल संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए । १५ वर्षमुनीको पुरुष एकलतर्फ काठमाडौंका सुभम श्रेष्ठ पहिलो भए । उनले काठमाडौंकै शिभम श्रेष्ठलाई पराजित गर्दै उपाधि उचालेका हुन् । सोलुखुम्बु ब्याडमिन्टन संघका रोमी तामाङ र विशाल तामाङ तेस्रो भएका छन् ।

डिबी किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा गत शनिबारबाट सुरु भएको प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, उदयपुर, सिनधुपाल्चोक, सुनसरी, सिराह, सप्तरी, काठमाडौं, कास्कीको पोखरालगायतका जिल्लाहरूका खेलाडीहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत १५ वर्षमुनीको सिंगल पुरुषतर्फ १४ जना, खुला महिलातर्फ ८ टिम, खुला पुरुषतर्फ १७ टिम र ३५ वर्षमाथिको डबल पुरुषतर्फ १२ टिमले सहभागिता रहेका थिए ।

ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्टमा प्रथम र द्वित्तीय हुनेलाई क्रमशः नगद १५ हजार र सात हजार पाँच सयको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने तृत्तीय हुने दुर्ई जनालाई नगद पाँच/पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै सान्तवना हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x