Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालगञ्जमा स्थानीय प्रशासनद्वारा कर्फ्यु

नेपालगञ्जमा स्थानीय प्रशासनद्वारा कर्फ्यु


काठमाडौं । सामाजिक र धार्मिक सदभाव भड्किने हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि कर्फ्यु जारी गरिएको हो ।

मंगलबार नेपालगञ्जमा हिन्दुहरुको समूहले भेला भएर संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि बजार परिक्रमा गरेर प्रदर्शनमा उत्रिएका थिए । घरमाथिबाट ठूलो संख्यामा निस्किएको र्‍यालीमा ढुंगा र ईंटा प्रहार हुँदा त्याहाँको स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको प्रशासनले जानकारी गराएको छ ।

मंगलबार बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले पदयात्रा निकालिएको थियो ।

धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरेको थियो । यदि कसैले त्यसो गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया