व्यावहारिक शिक्षामा जोड
दोलखा । सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । दोलखा सदरमुकाम चरीकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसले आयोजना गरेको रिसर्च सेन्टर तथा बिजनेस इन्किवेशन सेन्टरको उद्घाटन कार्यक्रममा घिमिरेले व्यावहारिक शिक्षाले मात्र मुलुकको प्रगति हुने उल्लेख गरे ।
अब क्याम्पसहरू सोही अनुसार शिक्षा दिन लाग्नु पर्नेमा उनले जोड दिए । शिक्षा भनेकै हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान विस्तार गरेर विश्वलाई हेर्ने कुराहरू रहेको बताउँदै उनले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए । भूकम्पपछि क्याम्पसहरूले आकर्षक भौतिक संरचना निर्माण गरेको उल्लेख गर्दै उनले क्याम्पसको शैक्षिक उपलब्धिलाई पनि सोही अनुसार आर्कषक बनाउन आग्रह गरे । यस्तै, उनले दोलखा जिल्ला पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको जिल्ला रहेको बताए । यहाँको पर्यटन क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो । पर्यटन क्षेत्रमा धेरै सम्भावना भएका जिल्लाहरूको सूचीमा दोलखा पनि अग्रपंक्तिमा भेटिने घिमिरेको भनाइ थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष अमृत राउतले क्याम्पसको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रमहरू गर्ने योजना रहेको सभामुखलाई जानकारी गराएका थिए ।
जिल्लाकै सबैभन्दा पुरानो गौरीशंकर बहुमुखी क्याम्पसमा जिल्लाका ग्रामीण क्षेत्रबाट अध्ययन गर्नका लागि विद्यार्थीहरू आउने गरेका छन् । जिल्लाभित्र मात्र नभइई छिमेकी जिल्लाबाट समेत पठनपाठनका लागि विद्यार्थी आउने गरको क्याम्पसले जनाएको छ । क्याम्पसमा कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन र कानुनका विषयको पढाइ हुने गरेको छ भने स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन एवं स्नातकोक्तर तहमा शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुदैँ आएको छ । हाल क्याम्पसमा एक हजार चार सय तीन जना विद्यार्थीहरू अध्ययरत छन् ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया