Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु


काठमाडौं । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशभर जारी छ । मङ्सिर ९ गतेदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ । यही अवसरमा हिंसा गर्न हुन्न, सहन हुन्न किनकि यो अपराधजन्य कुरा हो भन्ने कुरा पीडित र पीडक दुवै पक्षमा सचेतना फैलाउने उद्देश्यका साथ राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

समाजमा विभिन्न प्रकारका हिंसा हुने गरेकोमा घरेलु हिंसा एवम् यससँग सम्बन्धित उजुरी बढ्दै गएको आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । उनले न्याय प्राप्तिका लागि हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सचेतनाका कारण उजुरीको सङ्ख्या बढ्दै गएको बताइन् ।

पीडितले न्याय प्राप्त गर्न के गर्नुपर्छ भन्ने जिज्ञासामा उनले यसका लागि राज्यले ऐन, कानुनको व्यवस्था गरेर मात्र नहुने सबैभन्दा जनस्तरको स्थानीय तहमा नै लैङ्गिक उत्तरदायी बजेट छुट्याइनुपर्ने बताइन् ।

महिला हिंसाको कुरा मात्र धेरै उठिरहेको बेला कतै पुरुष पनि हिंसामा परेका छन् कि भन्ने जिज्ञासामा उनले त्यस्तो हिंसा भएको छ भने प्रहरी कार्यालय, अदालत वा सम्बन्धित निकायमा जान सकिने बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया