Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइलाका प्रहरी कार्यालय मङ्गलटारद्वारा ३३ बोरा चिनी बरामद

इलाका प्रहरी कार्यालय मङ्गलटारद्वारा ३३ बोरा चिनी बरामद


काभ्रेपलान्चोक । अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी इलाका प्रहरी कार्यालय मङ्गलटारले बरामद गरेको छ । सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३.००१ ख १९६६ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको छत र डिकीमा लुकाई ल्याएको करिब एक हजार ६५० किलोग्राम ३३ बोरा चिनी इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटेको प्रहरी टोलीले बरामद गरेको हो ।

प्रहरीले थप अनुसन्धान का लागि चिनी ल्याउने बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । पछिल्लो समय बजारमा चिनीको अभाव भएसँगै तराईका जिल्लाबाट साना तथा ठुला गाडीहरूले बिपी राजमार्ग हुँदै अवैध रूपमा चिनी राजधानी भित्र्याउने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया