Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिमन्त्रालय पुगी उपप्रधानमन्त्री यादवद्वारा पदबहाली

मन्त्रालय पुगी उपप्रधानमन्त्री यादवद्वारा पदबहाली


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मन्त्रालय पुगी पदबहाली गरेका छन् ।

पदबहाली गर्दै उनले स्वास्थ्य उपचारका लागि लामो समय लाइनमा बस्नुपर्ने सास्ती कम गराउन डिजिटल प्रविधिलाई अझ बढी प्रभावकारी बनाउने निर्णय गर्दै सङ्घीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाईलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गरे ।

गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव निर्वाचित भएका थिए । उनी २०७५ सालमा पनि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएका थिए ।

वामपन्थी विद्यार्थी राजनीतिमा २०३२ सालमा प्रवेश गरेका यादव नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँदै राजनीतिमा सक्रिय भएका हुन् । उनी २०४८ सालदेखि नेकपा (एमाले)मा आवद्ध भए । उनले २०६३ सालदेखि मधेसी जनअधिकार फोरम, नेपालको गठन गरी अध्यक्षको भूमिका निर्वाह गरे । हाल उनी जसपा नेपालका अध्यक्ष हुन् ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया