Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली नोटको कारोबारमा संलग्न चार बंगलादेशी पक्राउ

नक्कली नोटको कारोबारमा संलग्न चार बंगलादेशी पक्राउ


भक्तपुर, पुस ९
नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा चार जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिकहरु २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् ।

भक्तपुर थिमी नगरपालिका १ मा रहेको परिधि गिफ्ट सपबाट गत बिहीबार बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट दुुई हजार नेपाली रुपैयाँ दिई फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुमन बस्ने गरेको कोठा तलासी गर्दा एक हजार दरको नक्कली नोट जस्तो देखिने १६ थानसहित कुल १८ थान नक्कली नेपाली नोटसहित कोठामा सँगै बस्ने तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नक्कली नोट दिई फरार भएका अभियुक्त सुमन खानलाई विशेष सूचनाको आधारमा काठमाडौं पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसेको अवस्थामा आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर भक्तपुर जिल्ला अदालतमा पेश गरी मुुद्दासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया