Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपन्न वर्गमा बैंक तथा फाइनान्सहरूको एक खर्ब ९७ अर्ब रुपैयाँ कर्जा

विपन्न वर्गमा बैंक तथा फाइनान्सहरूको एक खर्ब ९७ अर्ब रुपैयाँ कर्जा


काठमाडौं ।
बैंक तथा फाइनान्स कम्पनीहरूले औसतमा छ दशमलव ६१ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरूले कुुल कर्जाको छ दशमलव ६१ प्रतिशत अर्थात् एक खर्ब ९७ अर्ब पाँच करोड २० लाख रुपैयाँ कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका हुुन् ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कुुल कर्जा रकम ३२ खर्ब ८७ अर्ब ५८ करोड २० लाख रुपैयाँ रहेको थियो भने कुुल निक्षेप रकम ३९ खर्ब ६० अर्ब ४३ करोड ५० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले मात्र आफ्नो कुल कर्जाको छ दशमलव २५ प्रतिशत अर्थात् एक खर्ब ५८ अर्ब ९२ करोड रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरूको कुुल निक्षेप ३५ खर्ब आठ अर्ब २६ करोड ४० लाख रुपैयाँ रहेको थियो भने कुल कर्जा रकम २९ खर्ब १८ अर्ब १२ करोड ८० लाख रुपेयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार विकास बैंकहरूले भने आफ्नो कुुल कर्जाको नौ दशमलव ९५ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा तीन खर्ब ६१ अर्ब ४१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ९५ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका विकास बैंकहरूले विपन्न वर्गमा मात्र ३१ अर्ब ९२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

फाइनान्स कम्पनीहरूले भने आफ्नो कुल कर्जाको सात दशमलव ८६ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गरेका छन् । चालू आवको भदौ मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले ९० अर्ब ७५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा विपन्न वर्गमा मात्र प्रवाह भएको कुुल कर्जा रकम छ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया