Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाडी खरिदमा मात्र बैंकहरूले दिए एक खर्ब ७१ अर्ब ५६ करोड ऋण

गाडी खरिदमा मात्र बैंकहरूले दिए एक खर्ब ७१ अर्ब ५६ करोड ऋण


काठमाडौं ।
हायर पर्चेज अर्थात् सवारीसाधन खरिद शीर्षकमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरूले एक खर्ब ७१ अर्ब ५६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दुुई महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरूले हायर पर्चेज शीर्षकमा मात्र उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुन् ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले संकलन गरेको कुुल निक्षेप रकम ३९ खर्ब ६० अर्ब ४३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुुल कर्जा रकम ३२ खर्ब ८७ अर्ब ५८ करोड २० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले मात्र चालू आवको दुुई महिनाको अवधिमा हायर पर्चेज शीर्षकमा एक खर्ब ४३ अर्ब १७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप ३५ खर्ब आठ अर्ब २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने कुल कर्जा रकम २९ खर्ब १८ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ ।

विकास बैंकहरूले भने चालू आवको दुई महिनाको अवधिमा हायर पर्चेज क्षेत्रमा २२ अर्ब ६४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार सो अवधिमा विकास बैंकहरूको कुल निक्षेप रकम तीन खर्ब ६१ अर्ब ४१ करोड ३० लाख रुपैयाँ रहेको छ भने कुल कर्जा रकम दुई खर्ब ९५ अर्ब २५ करोड ४० लाख
रुपैयाँ रहेको छ  । फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको दुुई महिनाको अवधिमा ९० अर्ब ७५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

उक्त अवधिमा फाइनान्स कम्पनीहरूले हायर पर्चेज शीर्षकमा मात्र प्रवाह गरेको कुुल कर्जा रकम भने पाँच अर्ब ७४ करोड ७० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा मात्र प्रवाह गरेको कर्जा रकम भने ३७ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । सोमध्ये वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा ३३ अर्ब ५६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवको दुुई महिनाको अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूले भने क्रमशः तीन अर्ब २५ करोड ९० लाख र ९३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया