Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड १९ का कारण बैंकहरूको नाफामा संकुुचन

कोभिड १९ का कारण बैंकहरूको नाफामा संकुुचन


काठमाडौं ।
विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को महामारीका कारण बैंकहरूको नाफामा संकुचन आएको छ । सरकारले महामारी नियन्त्रण तथा रोकथामको लागि २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको र त्यो लकडाउन घोषित तथा अघोषितरुपमा अझै पनि कायम रहेको छ । सोही कारण यसको नकारात्मक प्रभाव मुलुकको सिंगो अर्थतन्त्र अर्थात् भनौँ वित्तीय प्रणालीमा पर्दा बैंकहरूको नाफामा संकुचन आएको हो ।

सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकहरूले कुुल १४ अर्ब ४७ करोड ७१ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । यो मुनाफा बैंकहरूले गत आवको सोही अवधिमा कमाएको खुद मुनाफाभन्दा ६३ करोड ७७ लाख ७१ हजार रुपैयाँले कम हो । गत आवको सोही अवधिमा भने बैंकहरूको यस्तो मुनाफा १५ अर्ब ११ करोड ४८ लाख ७२ हजार रुपैयाँ रहेको थियो । चालू आवको पहिलो त्रैमासिकमा एकाधबाहेक सबैजसो बैंकहरूको खुद मुनाफा घटेको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासिकमा सबैभन्दा बढी नाफा ग्लोबल आईमएमई बैंकले कमाएको छ । यस अवधिमा ग्लोबल आईएमईले एक अर्ब पाँच करोड ८८ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ रहेको थियो । ग्लोबल आईएमईपश्चात् बढी नाफा कमाउने दोस्रो ठूलो बैंक नबिल बैंक बनेको छ । नबिलले चालू आवको पहिलो त्रैमासिकमा एक अर्ब तीन करोड ५७ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने नबिलको यस्तो नाफा एक अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

एनआईसी एसिया बैंक भने चालू आवको पहिलो त्रैमासिकमा बढी नाफा कमाउने तेस्रो ठूलो बैंक बनेको छ । एनआईसी एसियाले यस अवधिमा एक अर्ब दुुई करोड १० लाख आठ हजार छ सय ८७ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा एनआईसी एसियाको यस्तो नाफा एक अर्ब ९६ लाख पाँच हजार दुई सय २९ रुपैयाँ रहेको थियो । खुद मुनाफा आर्जनमा प्राइम कमर्सियल बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा छलाङ मारेको छ । यस अवधिमा प्राइमले एक अर्ब एक करोड ७६ लाख ३४ हजार नौ सय १० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा प्राइमको यस्तो नाफा ६५ करोड ९७ लाख ६७ हजार आठ सय १६ रुपैयाँ रहेको थियो ।

प्रभुु बैंक भने चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८५ करोड १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने पाँचौँ ठूलो बैंक बनेको छ । गत आवको सोही अवधिमा प्रभुुले ६२ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । राष्ट्रिय वाणिज्य बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा ८२ करोड ९२ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा एक अर्ब १२ करोड ७५ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिकमा नेपाल इन्भेष्टमेन्ट बैंकले ६२ करोड ३८ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा कुमारी बैंक र मेगा बैंकले क्रमशः ६० करोड २५ लाख ४३ हजार ६० करोड ७९ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । गत आवको सोही अवधिमा भने यी बैंकहरूको नाफा क्रमशः ८४ करोड ४४ लाख २१ हजार, ४० करोड १९ लाख ८८ हजार र ४३ करोड ७४ लाख सात हजार रुपैयाँ रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिकमा नेपाल बंगलादेश बैंकले ५७ करोड ११ लाख ८० हजार रुपैयाँ खुद मुुनाफा कमाउँदा नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले क्रमशः ५५ करोड चार लाख १९ हजार र ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः ४० करोड २५ लाख २० हजार, ५८ करोड १२ लाख २३ हजार र ३४ करोड ९१ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

गत आवको पहिलो त्रैमासिकमा ५२ करोड १४ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको सिद्धार्थले भने चालू आवको पहिलो त्रैमासिकमा ५० करोड छ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा स्ट्यान्डर्ड चार्टर्ड, सनराइज र सानिमा बैंकले पनि क्रमशः ४० करोड १३ लाख ७१ हजार, ३८ करोड ३९ लाख ७७ हजार र ३७ करोड ३३ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरूको यस्तो नाफा ६४ करोड ४१ लाख १२ हजार, ४५ करोड ४३ लाख ६७ हजार र ५९ करोड ३६ लाख एक हजार रुपैयाँ रहेको थियो ।

यसैगरी हिमालयन, माछापुच्छे«, एभरेष्ट र एनसीसी बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः ३६ करोड ५९ लाख १४ हजार, ३६ करोड नौ लाख नौ हजार, ३३ करोड ४७ लाख ६४ हजार र ३३ करोड ४५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः ६९ करोड ४२ लाख २२ हजार, ३७ करोड ६० लाख पाँच हजार, ६९ करोड आठ लाख ६८ हजार र ३४ करोड तीन लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

सरकारी स्वामित्वको कृषि विकास बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा ३३ करोड ४५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा लक्ष्मी बैंकले ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः ५९ करोड ९० लाख २३ हजार र ४० करोड १९ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी बैंक अफ काठमाडौं, सेञ्चुरी, नेपाल एसबीआई र सिभिल बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः २४ करोड २४ लाख छ हजार, २२ करोड दुुई लाख ५९ हजार, २० करोड पाँच लाख दुुई हजार र नौ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरूको यस्तो नाफा ३८ करोड ३७ लाख २५ हजार, ३७ करोड आठ लाख १५ हजार, ४३ करोड ७२ लाख ३० हजार र १५ करोड ८९ लाख ५० हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया