Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाइनान्सहरुको पहिलो त्रैमासिक प्रगति उत्साहजनक भएन

फाइनान्सहरुको पहिलो त्रैमासिक प्रगति उत्साहजनक भएन


काठमाडौं ।
फाइनान्स कम्पनीहरुको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक नाफा सामान्य देखिएको छ । सञ्चालनमा रहेका २१ मध्ये हालसम्म १८ वटाले चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय वित्तीय विवरण सार्वजनिक गरेकोमा बेष्ट फाइनान्ससहितका पाँचवटा कम्पनीहरुको खुद मुनाफा ऋणात्मक देखिएको छ भने अरुको पनि नाफा सामान्य देखिएको छ । यसले फाइनान्सहरुमा अझै वित्तीय अनुशासन छैन भन्ने देखाएको छ ।

चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्ये आईसीएफसी फाइनान्सको नाफा सबैभन्दा उच्च देखिएको छ । उक्त फाइनान्सले नौ करोड ३७ लाख २० हजार चार सय ६५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा आईसीएफसीको यस्तो तीन करोड पाँच लाख ७७ हजार चार संंय ७८ रुपैयाँ रहेको थियो । गोर्खाज फाइनान्सले भने चालू आवको पहिलो त्रैमासिकमा छ करोड ५८ लाख ९१ हजार पाँच सय चार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा गोर्खाजको यस्तो नाफा दुुई करोड चार लाख २७ हजार नौ सय १५ रुपैयाँ रहेको थियो । मञ्जुश्री फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा पाँच करोड छ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गुुडविल फाइनान्सले भने चालू अवको पहिलो त्रैमासिकमा दुुई करोड ९१ लाख ५९ हजार नौ सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सले एक करोड २१ लाख ८९ हजार तीन सय ५६ रुपैयाँ खुद मुनाफा कमाएको थियो । गुुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासिकमा दुई करोड १५ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड ६३ लाख ५३ हजार रुपैयाँ रहेको थियो । यसैगरी रिलायन्स फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा दुई करोड दुई लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा रिलायन्सको यस्तो नाफा एक करोड ३१ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । श्री इन्भेष्टमेन्ट फाइनान्सले कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा एक करोड ४९ लाख ८१ हजार आठ सय ३७ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा रिलायन्सको यस्तो नाफा दुई करोड ९६ लाख २१ हजार तीन सय ७७ रुपैयाँ रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिकमा सिर्जना फाइनान्सले पनि एक करोड ९६ लाख ३४ हजार सात सय ८७ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा सिर्जनाको यस्तो नाफा २७ लाख ५८ हजार तीन सय ९४ रुपैयाँ रहेको थियो । युनाइटेड फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड १४ लाख ४८ हजार चार सय ८४ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा युनाइटेडले ३७ लाख ५१ हजार तीन सय ५४ रुपैयाँ खुद मुनाफा कमाएको थियो । पोखरा फाइनान्सले पनि पछिल्लो अवधिमा आठ लाख ३१ हजार ७८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा पोखरा फाइनान्सको यस्तो नाफा दुुई करोड ९३ लाख ५९ हजार पाँच सय ७५ रुपैयाँ रहेको थियो । समृद्धि फाइनान्सले चालू आवको पहिलो त्रैमासिकमा ४७ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा समृद्धिको यस्तो मुनाफा १० लाख ११ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । बेष्ट फाइनान्सले भने चालू आवको पहिलो त्रैमासिकमा ८९ लाख ९९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोेही अवधिमा फाइनान्सको यस्तो नाफा पाँच करोड ४६ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी ललितपुर फाइनान्सले पनि पछिल्लो अवधिमा एक करोड २० लाख ३८ हजार छ सय ५७ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड ९८ लाख ६१ हजार पाँच सय ९८ रुपैयाँ रहेको थियो । प्रोग्रेसिभ फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ३६ लाख ८३ हजार तीन सय ४९ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही प्र्रोग्रेसिभको यस्तो नाफा ३० लाख ८१ हजार नौ सय ७१ रुपैयाँ रहेको थियो । नेपाल फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा ६३ लाख ६९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १४ लाख ४० हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया