Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहामारीमा पनि बीमा कम्पनीहरूको नाफा बढ्यो

महामारीमा पनि बीमा कम्पनीहरूको नाफा बढ्यो


काठमाडौं ।
विश्व महामारी (कोभिड १९) को समयमा पनि बीमा कम्पनीहरूको नाफामा उल्लेख्य वृद्धि भएको छ । नेपाली बीमा क्षेत्रमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीसहित ४० वटाले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । सोमध्ये हालसम्म ३० वटा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा सबैजसो बीमा कम्पनीहरूको खुद मुनाफा गत आवको सोही अवधिको तुलनामा बढेको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासिकमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको खुद मुनाफा सबैभन्दा बढी देखिएको छ । उक्त कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा २२ करोड ९० लाख दुई हजार पाँच सय ८९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नेपाल लाइफले २० करोड ४४ लाख ३२ हजार दुई सय ९७ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार आठ सय १० रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा रहेको भने प्रतिसेयर नेटवर्थ भने एक सय ७७ रुपैयाा ७९ पैसा रहेको छ । नेको इन्स्योरेन्स कम्पनीले भने चालू आवको पहिलो त्रैमासिकमा १२ करोड ४४ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ नेकोले गत आवको सोही अवधिमा भने सात करोड ५३ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

शिखर इन्स्योरेन्स कम्पनीले भने चालू आवको पहिलो त्रैमासिकमा १२ करोड २३ लाख दुई हजार नौ सय ६९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा १२ करोड १४ लाख १५ हजार एक सय ४२ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब ३७ करोड ४५ लाख तीन हजार आठ सय रुपैयाँ रहेको शिखरको सेयर आम्दनी ३५ रुपैयाँ पाँच पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने दुई सय ६० रुपैयाँ पाँच पैसा रहेको छ ।

प्रार्ईम लाइफ इन्स्योरेन्स कम्पनीले भने चालू आवको पहिलो त्रैमासिकमा १२ करोड सात लाख ७४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा प्राइमको यस्तो नाफा १० करोड दुई लाख ५५ हजार रुपैयाँ रहेको थियो । यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासिकमा ११ करोड ८३ लाख ७१ हजार आठ सय चार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ११ करोड ५३ लाख ९६ हजार सात सय ९३ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार पाँच सय ४८ रुपैयाँ रहेको नेशनलको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ८६ पैसा रहेको छ । यी बाहेक अन्य बीमा कम्पनीहरूले पनि खुद मुनाफा बढाएका छन् । सोमध्ये ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा सात करोड २२ लाख २२ हजार एक सय ३३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ७६ लाख ४१ हजार दुई सय ८८ रुपैयाँ रहेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा तीन करोड ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा एक करोड ८५ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा १० करोड १६ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा उक्त कम्पनीको यस्तो नाफा सात करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको थियो । यसैगरी एसियन लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो अवधिमा नौ करोड ४० लाख ४८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड दुई लाख ३३ हजार रुपैयाँ रहेको थियो । अजोड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा पाँच करोड ३० लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा सात करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासिकमा तीन करोड पाँच लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा एभरेष्टको यस्तो नाफा दुई करोड दुई लाख १४ हजार रुपैयाँ रहेको थियो । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा तीन करोड ५४ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अखधिमा कम्पनीको यस्तो नाफा दुई करोड ७४ लाख ५२ हजार रुपैयाँ रहेको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भने पछिल्लो अवधिमा छ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा रिलायबलको यस्तो नाफा पाँच लाख १८ हजार एक सय ९० रुपैयाँ रहेको थियो ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा तीन करोड नौ लाख २४ हजार पाँच सय ९४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा प्रभुको यस्तो नाफा एक करोड २२ लाख ९४ हजार पाँच सय ८३ रुपैयाँ रहेको थियो । प्रभु इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा पाँच करोड ६३ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड १० लाख १८ हजार रुपैयाँ रहेको थियो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड सात लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ७९ लाख ५१ हजार रुपैयाँ रहेको थियो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा चार करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासिकमा चार करोड ३० लाख ८१ हजार दुई सय ४३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड ९५ लाख ८२ हजार आठ सय ५३ रुपैयाँ रहेको थियो । एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा छ करोड १३ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा पाँच करोड २५ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी चालू आवको पहिलो त्रैमासिकमा सगरमाथा इन्स्योरेन्स कम्पनीले पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ४२ लाख ७१ हजार ८७ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स कम्पनीले एक करोड छ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यस अवधिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले भने चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ६२ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यसैगरी राष्ट्रिय बीमा संस्थानले एक करोड दुई लाख ७२ हजार चार सय २७ रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले पाँच करोड १७ लाख ९२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले छ करोड ११ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनीले भने चालू आवको पहिलो त्रैमासिकमा पाँच करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ९१ लाख ४१ हजार रुपैयाँ रहेको थियो । यी बाहेकका अन्य बीमा कम्पनीहरूले गत आवको पहिलो त्रैमासिकको तुलनामा चालू आवको पहिलो त्रैमासिकमा खुद मुनाफा बढाउन सफल भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया