Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो


काठमाडौँ ।
नेपाल आयल निगमले भारतीय आयल निगमले मूल्यवृद्धि गरेको भन्दै पेट्रोलियम पदार्थमा फेरि मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।

त्यस्तै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाइ इन्धनको मूल्य भने यथावत् कायम राखेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया