Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सारबाट भन्सार अधिकृतकै सेटिङमा न्यून मूल्यांकनमा भन्सार जाँचपास

विराटनगर भन्सारबाट भन्सार अधिकृतकै सेटिङमा न्यून मूल्यांकनमा भन्सार जाँचपास


विराटनगर ।
विराटनगर भन्सारका कर्मचारी र अधिकृतको मिलेमतोमा न्यून मूल्यांकनमा भन्सार जँँचपास गर्नेगरेको पाइएको छ । स्रोतका अनुसार विराटनगरमा रहेको एमटेक प्रालिले आयात गरेको एसीमा जडान हुने एयर कुलिङ सिस्टम अयातमा भन्सार दरबन्दीअनुसार ३० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्नेमा ४ प्रतिशत भन्सार मात्र लिएर भन्सार अधिकृत निर्माण भट्टराईले सामान जाँचपास गरेको पाइएको हो ।

उक्त घट्ना बाहिरिएसँगै भन्सार अधिकृत भट्टराई र एमटेकका सञ्चालकबीचको सेटिङ रहस्य खुलेको हो । भन्सार अधिकृतद्वय निर्माण भट्टराई र रामप्रसाद पोखरेलको सेटिङ प्रकरण पछिल्लो समय विराटनगर भन्सारमा व्यापक बढेको स्रोतको दाबी छ । दुवै भन्सार अधिकृतको भन्सार सेटिङले राजस्व असुलीमा समेत ठूलो प्रभाव पर्नथालेको बताउन थालिएको छ । पछिल्लो समय विराटनगर भन्सार समेत पटक–पटक विवादित बन्नथालेको छ ।

त्यसैगरी सरकारले आर्थिक वर्ष ०७७/०७८ को बजेटमा विद्यालयस्तरका विद्यार्थी लक्षित कार्यक्रम भन्दै एक अर्ब ८७ करोड रकमको बजेट स्यानिटरी प्याड खरिदका लागि विनियोजन गरी अनिवार्य खरिदका लागि स्थानीय निकायलाई जिम्मा दिएपछि यहाँका उद्योगी तथा व्यवसायीहरूले स्यानिटरी प्याडको आयात ह्वात्तै बढाएका छन् ।

विराटनगर भन्सारबाट भन्सार कर्मचारीको सेटिङमा उद्योगी तथा व्यवसायीहरूले भारतबाट भन्सार मूल्यांकन नै कम गरी स्यानिटरी प्याड नेपाल भित्र्याउन थालेका हुन् । भन्सार अधिकृत पोखरेलसँगको सेटिङमा आयात हुँदै आएको स्यानिटरी प्याडको रहस्य पनि खुलेपछि पछिल्लो केही दिनयताबाट उद्योगी तथा व्यवसायी र सप्लायर्सले विशेष गरी वीरगञ्ज भन्सार नाका हुँदै कच्चा पदार्थको भन्सार दररेटमा धमाधम तयारी स्यानिटरी प्याड आयात गर्नेगरेका छन् ।

विराटनगर भन्सारबाट हुने सेटिङ रहस्य खुलेपछि भन्सार अधिकृत पोखरेलसँगको करिब छ महिनादेखिको सेटिङ पर्दाफास भएको छ । जसले गर्दा पछिल्लो समय उद्योगी तथा व्यवसायीहरूले भन्सार जाँचपासमा कच्चापदार्थ उल्लेख गर्दै आयात गर्ने कच्चापदार्थको सुविधा दुरूपयोग हुनथालेको घटना फेरि बाहिरिएको छ । पछिल्लो समय विराटनगर भन्सारको सेटिङमा केही अवरोध आएसँगै अहिले सबै सप्लायर्सहरू वीरगञ्ज भन्सारतर्फ आकर्षित हुनथालेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीले जानकारी दिए ।

तयारी स्यानिटरी प्याड विदेशबाट आयात गर्दा प्रतिगोटा भन्सार दर चारदेखि छ रूपैयाँको राजस्व सरकारले तोकेको छ । तर कच्चपदार्थको भन्सार दर एक रूपैयाँ २५ पैसादेखि एक रूपैयाँ २७ पैसा प्रतिगोटा कायम गरी आयात हुँदा विराटनगर भन्सारले सोही मूल्यलाई आधार मानी जाँचपास गर्नेगरेको छ । त्यसबेला विराटनगर भन्सारले जाँचपास गरेको मूल्यलाई आधार मानी अहिले सोही भन्सार दरबन्दीलाई पकडिएर वीरगञ्ज भन्सार प्रयोग गर्ने उद्योगी तथा व्यवसायीहरूले प्रतिगोटालाई प्रतिकेजीमा परिणत गरी प्रतिकेजी एक रूपैयाँ २७ पैसामा स्यानिटरी प्याडको आयात गर्नेगरेका छन् ।

नेपालमा स्यानिटरी प्याडका सप्लायर्स तथा उद्योगीहरूमा नेपाल ओभरसिज मार्केटिङ कम्पनीले मेमीपोको प्याक ब्रान्डको नाममा डाइपर आयात गर्दै आएको छ भने एलेक्स ट्रेडलिंक नेसनलले हगिज, युनाइटेड डिस्ट्रिब्युटर नेपालले विस्पर र पेम्पर्स, जस्मिनहाइजिन प्रालिले सेफ्टी र सन्वी ड्रेडर्सले हिमालय ब्रान्डका डाइपर बिक्री गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया