काठमाण्डौँ,माघ ७
सम्पत्ति शुद्धीकरण विभागले गिल्ट इन्भेष्टमेन्ट कम्पनी प्रालिकी अध्यक्ष जयन्ती थापालाई आठ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थाहा भएको छ । थापा अध्यक्ष रहेको एकल स्वामित्वको उक्त कम्पनीले होटल याक एण्ड यतीमा रोयल क्यासिनो सञ्चालन गर्दै आएको छ । २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनी थापाले सुरेन्द्र बहादुर सिंहसँग किनेकी हुुन् । सुजन दाहालले उनले स्रोत नखुुलेको कालोधन लगानी गरेर क्यासिनो सञ्चालन गरेको भनी दिएको उजुरीका आधारमा विभागले उनीमाथि छानबिन गरेको हो । विभागले उनीसँग प्रारम्भिक बयान सकेर बिगो कायम नभइसकेकाले आठ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोडेको थाहा भएको छ । उनले बयानको क्रममा आफू असल मालिक नरहेको भन्दै डमीको रुपमा मात्र आफू सञ्चालक रहेको बयान दिएको समेत थाहा भएको छ । पछिल्लो समय थापाले सुनिलजंग रायमाझीसँग सहकार्य गर्दै आएकी छिन् ।
भारतीय नक्कली मुुद्राको कारोबारमा मुछिएका अमेरिकी पासर्पोटवाहक रायमाझी नेपाली मूलका व्यक्ति हुुन् । उनले नेपालमा सबैखाले धन्दामा संलग्न माइला भनिने गोरखाका वेदप्रसाद काप्रीसँग सहकार्य गर्दै आएका छन् । उक्त क्यासिनोमा उनीहरु सँगै रहेका थिए । गत मे २४ मा होटललाई भाडा तिर्न भनी क्यासिनोबाट लगेको ५० लाख रुपैयाँ रायमाझी र माइलोले बाटोमा नै गायब बनाएजसरी जयन्तीलाई छुुटाउन क्यासिनोबाट ५० लाख रुपैैयाँ निकालेर आठ लाख रुपैयाँ मात्र बुझाई युवराज श्रेष्ठले अरु रकम आफैँले लगेको स्रोतको दाबी छ । उक्त क्यासिनो चलाउन भारतीय नागरिक आशिष पटेलले अनुमति लिए पनि जयन्ती र रायमाझीको गिरोहले उनलाई भित्र छिर्न नदिई क्यासिनो कब्जा गरेर चलाउँदै आएका थिए । थापाको बयानले रोयल क्यासिनोमा स्रोत नखुुलेको कालोधन लगानी भएको स्पष्ट भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया