‘घुस सेटिङ सम्बन्धी प्रश्नको उत्तर दिन आवश्यक छैन’
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले लघुबीमाको लाइसेन्स वितरण, हिमालयन रि इन्स्योरेन्सलाई साढे अर्ब रुपैयाँको व्यवसाय दिँदा घुस लिएको भन्ने आरोपको जवाफ नदिने बताएका छन् ।
बीमा समितिले सोमबार साँझ काठमाडौंको रवि भवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले हिमालयन रिको लाइसेन्सदेखि साढे अर्बको व्यवसाय र लघुबीमाको लाइसेन्स सम्म घुस सेटिङमा भइरहेकोबारे जवाफ मागेका थिए । बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘यो तपाईंको विचार हो, यसको जवाफ दिन आवश्यक छैन ।’ अध्यक्ष सिलवालले ‘यस्तो प्रश्नको जवाफ के हुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेका छन् ।
बीमा समितिले सोमबार साँझ पत्रकार सम्मेलन गरेर हाल सञ्चालनमा रहेका लघुबीमा कम्पनीहरुले राम्रोसँग लघुबीमाको व्यवसाय नगरेकोले बाध्य भएर नयाँ लघुबीमाको लाइसेन्स दिनुपर्ने अवस्था आएको बताए । उनले बीमा कम्पनीहरुलाई बीमा समितिले मर्जरमा जान दबाब नदिएको भन्दै झूठो कुरा समेत बोलेका छन् ।
बीमा समितिले २२ बुँदे गतिविधि सार्वजनिक गर्दै लघुबीमा कम्पनी संस्थापना गर्नु आफ्नो बाध्यता भएको जनाएको छ । तर, एकातिर पुँजीवृद्धिको नाममा मर्जर आतंक मच्चाउने अर्कोतिर लाइसेन्स वितरण गर्न सूचना निकाल्ने दोहोरो मापदण्ड अपनाइएको सम्बन्धमा पनि बीमा समितिका अध्यक्ष सिलवालले जवाफ दिन सकेनन् । पत्रकार सम्मेलनभन्दा पनि पत्रकारहरुलाई दर खुवाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा रात्रिभोजको समेत व्यवस्था थियो ।
आफ्नै कर्मचारीका विरुद्धमा जासुसी गर्ने बीमा समितिको निर्णय
बीमा समितिले आफ्नै कर्मचारीहरुका विरुद्धमा जासुसी गर्ने निर्णय गरेको छ । मंगलबार बीमा समितिले आफ्नै कर्मचारीहरु अनुचित लाभ लिने कार्यमा, भ्रष्टाचारजन्य कार्यमा र अमर्यादित कार्यमा संलग्न रहेको भन्ने गुनासो प्राप्त भएको बीमा कम्पनीहरुलाई लेखिएको पत्रमा उल्लेख छ ।
बीमा समितिको अध्यक्ष सूर्य सिलवालको निर्देशनमा नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई पठाइएको पत्रमा भनिएको छ, ‘तहाँ बीमकले समितिबाट प्राप्त गर्ने सेवामा संलग्न तथा स्थलगत निरीक्षणको क्रममा खटिने कर्मचारीहरुको आचरण तथा व्यवहार अमर्यादित र अनुशासनहीन तथा धाकधम्कीपूर्ण र अनुचित लाभमा केन्द्रित भई सेवा प्रवाहमा ढिलाइ र गैरव्यावसायिक रहेको छ भने समितिका अध्यक्षलाई सम्बोधन गरी गोप्य सूचना उपलब्ध गराउन हार्दिक अनुरोध छ । तहाँबाट प्राप्त गुनासाहरु गोप्य रहने विश्वास दिलाउँछु ।’
बीमा समितिको यस्तो निर्देशन बीमा कम्पनीहरुमा पुगेपछि बीमा समितिमा कार्यरत कर्मचारीहरुमा खैलाबैला मच्चिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया