Techie IT
×
गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कंडेल पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कंडेल पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राजीव कँडेल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार धादिङको धुनीबेसी घर भई हाल काठमाडौंको बाफल बस्ने २८ वार्षिक कँडेललाई यही भदौ २३ गते बाफलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार कँडेलउपर बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट विभिन्न मितिको फैसलाले पाँच लाख ६० हजार रुपैयाँ जरिवाना र चार दिन कैद तोकिएको थियो । त्यसपछि फरार रहेका कँडेललाई पक्राउ गरी भदौ २६ गते आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया