वित्तीय पहुँचका दृष्टिकोणले कर्णाली सबैभन्दा पछाडि
काठमाडौं । वित्तीय पहुँचका दृष्टिकोणले कर्णाली प्रदेश सबैभन्दा पछाडि देखिएको छ । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुको कम शाखा हुनुले पनि उक्त प्रदेशमा वित्तीय पहुँच कमजोर देखिएको हो ।
राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुको चार सय ५५ वटा मात्र शाखाहरु सञ्चालनमा छन् । जब कि यस अवधिमा बागमती प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुको तीन हजार तीनवटा शाखाहरु सञ्चालनमा छन् ।
कर्णाली प्रदेशमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुको एक सय ९९ वटा शाखाहरु सञ्चालनमा छन् । विकास बैंक, फाइनान्स र लघुवित्त संस्थाहरुको भने कर्णालीमा क्रमशः २१, तीन र दुई सय ३२ वटा शाखाहरु सञ्चालनमा छन् । बागमती प्रदेशमा भने वाणिज्य बैंकहरुको १८ सय सात वटा शाखाहरु सञ्चालनमा छन् भने विकास बैंक, फाइनान्स र लघुवित्त संस्थाहरुको क्रमशः तीन सय २१, एक सय छ र सात सय ६९ वटा शाखाहरु सञ्चालनमा छन् । यद्यपि जनसंख्याको आकारमा कर्णाली प्रदेश सानो भए पनि त्यहाँको जनताको सुविधाका लागि भने उक्त शाखा संख्या कम रहेको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् । ठूलो भूगोल रहेको कारण छरिएर रहेका जनसंख्यालाई त्यहाँ रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरुले सहज रुपमा सेवा दिन सकिरहेका छैनन् ।
राष्ट्र बैंकका अनुसार प्रदेश नं १ मा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल १८ सय ५७ वटा शाखाहरु सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकहरुको सात सय ६३, विकास बैंकहरुको एक सय ९४, फाइनान्स कम्पनीहरुको ३२ र लघुवित्त वित्तीय संस्थाहरुको नौ सय ८९ वटा शाखाहरु सञ्चालनमा छन् । गण्डकी प्रदेशमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुको १४ सय १६ वटा शाखाहरु सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकहरुको पाँच सय ९९ वटा, विकास बैंकहरुको एक सय ९० वटा, फाइनान्स कम्पनीहरुको ३६ वटा र लघुवित्त वित्तीय संस्थाहरुको पाँच सय ९१ वटा शाखाहरु सञ्चालनमा छन् । लुम्बिनी प्रदेशमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको २२ सय १२ वटा शाखाहरु सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकहरुको सात सय ४०, विकास बैंकहरुको दुई सय ५६, फाइनान्स कम्पनीहरुको ४५ र लघुवित्त वित्तीय संस्थाहरुको ११ सय ७० वटा शाखाहरु सञ्चालनमा छन् ।
राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम प्रदेशमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल आठ सय ४० वटा शाखाहरु सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकहरुको तीन सय २९, विकास बैंकहरुको ५२, फाइनान्स कम्पनीहरुको छ र लघुवित्त वित्तीय संस्थाहरुको चार सय ५३ वटा शाखाहरु सञ्चालनमा छन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया