Techie IT
×
गृहपृष्ठसमाचारप्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत -याण्डी बेरीबीच भेटवार्ता भएको छ । उनीहरुबीच जंगी अड्डास्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा सोमबार भेटवार्ता भएको हो । राजदूत बेरीले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटवार्ता भएको सेनाले जनाएको छ ।

उक्त भेटवार्तामा प्रधानसेनापति शर्माले राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया