राजदूतावास र नियोगलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालस्थित विदेशी राजदूतावास र नियोगहरुलालाई दिइने सटही सुविधाको लागि नीतिगत व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार विदेशी दूतावास र नियोगहरुले भिसा दस्तुरबापत संकलन गरेको नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनुपर्दा सम्बन्धित विदेशी राजदूतावास, नियोगको आधिकारिक अनुरोधपत्रका आधारमा सम्बन्धित बैंकले सटही सुविधा उपलब्ध गराउन सक्नेछन् । वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, अन्य वित्तीय संस्थाहरु एवं विदेशी विनिमय कारोबार गर्न अनुमतिप्राप्त संस्थाहरु सबैको नाउँमा लागू हुने गरी बुधबार राष्ट्र बैंकको यो परिपत्र जारी गरेको हो ।
यो परिपत्रअनुसार यस्तो सटहीको विवरण भने महिना समाप्त भएको १५ दिनभित्र अनिवार्यरुपमा राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय विभागमा उपलब्ध गराइसक्नुपर्नेछ । यसैगरी इ–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई शर्तहरु पालना हुने गरी त्यस्ता तोकिएका संस्थाहरुमार्फत भिसाबापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट जारी विद्युतीय डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सक्नेछन् ।
यसअन्तर्गत भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दूतावास, नियोगको तोकिएको परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा हुनुपर्नेछ । सोको लागि भुक्तानीको व्यवस्था स्पष्टरुपमा खुल्ने सम्बन्धित मुलुक वा नेपालस्थित दूतावास र नियोगको पत्र समेत आवश्यक पर्नेछ । यस्तो कार्डबाट अन्य कुनै पनि प्र्रयोजनको लागि भुक्तानी नहुने व्यवस्था गर्नुपर्नेछ भने यस्तो कार्डको म्याद इ–भिसा प्रोसेसिङसम्बन्धी कार्य गर्नको लागि तोकिएको अवधिभन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
यस्तो कार्डबाट एक पटक वा पटक–पटक गरी भुक्तानी हुनसक्नेछ र यस एकीकृत परिपत्र २०७८ मा अन्यत्र उल्लिखित कुनै पनि भुक्तानीसम्बन्धी सीमा लागू हुनेछैन । कार्ड जारी गर्न लिंक गरिएको नेपाली रुपैयाँको खाताको मौज्दात र कार्डबाट भुक्तानी भएको रकमको विवरण दैनिकरुपमा हिसाबमिलान गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीहरुको इ–भिसा प्रोसेसिङको भिसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धित देशबीच भएको सम्झौतामा उल्लिखित भिसासम्बन्धी सम्पूर्ण व्यवस्थाहरुको पालना हुनुपर्नेछ ।
इ–भिसा प्रणालीअन्तर्गत भिसा आवेदक नेपालीले इ–भिसा प्रणालीमा तोकिएबमोजिम शुल्क भुक्तानी ( आफ्नो एकाघर परिवारको सदस्यको लागि समेत) आफ्नो नाउँमा एकीकृतरुपमा जारी भएको विदेशी मुद्राको विद्युतीय कार्ड (प्रिपेड, डेबिट, क्रेडिट, अमेरिकी डलर ५०० को प्रिपेड कार्ड)बाट गर्न चाहेमा समेत भुक्तानी गर्न सकिने व्यवस्था छ । यो व्यवस्थाअन्तर्गतको भुक्तानीमा भने सम्बन्धित कार्डका लागि तोकिएको रकम खर्च गर्नैपर्ने सीमा लागू भएको छ ।
राष्ट्र बैंकका अनुसार यसअघि भने भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधासम्बन्धी व्यवस्थाअन्तर्गत नेपालस्थित विदेशी राजदूतावास, नियोगहरुले भिसा दस्तुरबापत संकलन गरेको नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनुपर्दा सम्बन्धित विदेशी राजदूतावास, नियोगको आधिकारिक अनुरोध पत्रको आधारमा सम्बन्धित बैंकले यस्तो सटही सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको थियो । यस्तो सटहीको विवरण महिना समाप्त भएको १५ दिनभित्र अनिवार्यरुपमा यस विभागलाई उपलब्ध गराउनुपर्ने व्यवस्था थियो ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया