काठमाडौं। नुवाकोट निर्माण व्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको संघको १४ औं साधारणसभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित नेतृत्वले शनिबार नै सपथ गरेको छ ।
संघको अधिवेशनले निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरेको हो । संघको अध्यक्षमा शैलेन्द्रारज प्याकुरेल १ सय ४१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी कृष्ण प्रसाद थपलियाले १ सय १९ म पाएका थिए ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेश बहादुर तामाङ १ सय ४७ म ल्याई विजयी भएका थिए भने प्रतिद्धन्द्धी पशुपति थापाले एक सय सात मत ल्याएका थिए । क्षेत्र नम्बर १ को उपाध्यक्षमा प्रज्वल कार्की एक सय ३९ मतका साथ विजयी हुँदा सुवास चन्द्र कार्कीले एक सय ११ मत पाएका थिए । क्षेत्र नम्बर २ को उपाभ्यक्षमा रामचन्द्र श्रेष्ठ एक सय ३२ मतले विजयी हुँदा अरुण कुमार थापाले एक सय १९ मत ल्याएका थिए ।
महासचिवमा भने थपलिया प्यानलबाट उम्मेदवारी दिएका सुशील प्रसाद फुयालले १ सय ३१ मत ल्याएर विजयी भए । फुयालका प्रतिद्धन्द्धी प्याकुरेल प्यानलका रमेश कुमार बस्नेतले एक सय ३० मत ल्याएका थिए । त्यस्तै, सचिवमा पनि थपलिया प्यानलका दिपक पण्डित एक सय ९५ मत ल्याएर विजयी भएका छन् । सचिवमा प्याकुरेल प्यानलका शिवलाल श्रेष्ठले एक सय ५८ मत मात्र ल्याएर पराजित भए ।
कोषाध्यक्षमा प्याकुरेल पक्षका श्याम बहादुर तामाङ १ सय ५२ मतका साथ विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी थपलिया प्यानलका बाल मुकुन्द नेपालले एक सय मत मात्र ल्याए ।
त्यस्तै, सह कोषाध्यक्षमा योगेन्द्र सिंह थापाले एक सय ७१ मत ल्याएर विजयी हुँदा थपलिया प्यानलका रेवती मान श्रेष्ठले ७९ मत मात्र ल्याए ।
खुल्ला सदस्यमा सबै प्याकुरेल प्यानलका विजयी भए । खुल्ला सदस्यमा बाबुकाजी थापामागरले एक सय ३२ मत ल्याएर विजयी हुँदा नारायण पौडेलले ९१ मत पाएका थिए । अर्का खुल्ला सदस्य दशरथ थापाले एक सय ३० मत ल्याउँदा उत्तम श्रेष्ठले एक सय ११ मत मात्र पाए ।
अर्का खुल्ला सदस्य जीवन मर्हजनले एक सय ४१ म पाएर विजयी हुँदा रविन्द्र पण्डितले ९६ मत पाए । खुल्ला सदस्यमा श्रीराम तामाङले एक सय ४० मत पाएर विजयी हुँदा पदम लाल चित्रकारले ९० मत पाएर पराजित भए । सदस्य बेलकोटगढीबाट कटक बहादुर ढुंगाना एक सय २२ मत पाउँदा ईश्वर प्रसाद दाहाले एक सय १८ मत पाएर चार मतको अन्तरमा पराजित भए । खुल्ला सदस्य लिखुबाट विनोद थापा एक सय ३९ मतले विजयी हुँदा सन्देश ढकाल ९७ मत पाएर पराजित भए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया