प्रधानमन्त्री ओली अस्पताल भर्ना भोलि मिर्गौला प्रत्यारोपण
काठमाडौँ ,फागुन २०
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । प्रधानमन्त्री बालुवाटारमा विभिन्न कार्यक्रममा सहभागी भएर सोमबार साँझ ६ः१० मा अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीको बुधबार पुनः मिर्गौला प्रत्यारोपण गरिँदै छ । मिर्गौला दिने व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । दाताको सबै परीक्षण भने गरिसकिएको छ । नेकपाका अध्यक्ष ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अहिले नेपालमा नै मिर्गौला प्रत्यारोपणको सेवा उपलब्ध रहेको र नेपालकै अनुभवी चिकित्सक, विशेषज्ञ र अस्पताल रहेका छन् । मुलुकले हासिल गरेको यो सामथ्र्यमा गौरव गर्दै प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिएको बताइएको छ । शिक्षण अस्पताल, प्रत्यारोपण विभागका प्रमुख प्राडा प्रेमराज ज्ञवालीको नेतृत्वमा युरोलोजी विभागका प्रमुख डा उत्तम शर्मा, डा पवन चालिसे, प्र्रा डा दिव्यासिंह शाहलगायत चिकित्सकको टोली मिर्गौलो प्रत्यारोपण गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया