Techie IT
×
गृहपृष्ठbreakingनिगमले कोषलाई थप ३३ करोड ऋण तिर्‍यो

निगमले कोषलाई थप ३३ करोड ऋण तिर्‍यो


काठमाडौं,राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लोपटक यही पुस २९ गते शुक्रबार कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।

कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको रकम भुक्तानी गरिएको हो । विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि गत असार ३० गते एक अर्ब ३५ करोड रुपैयाँ र कात्तिक १ गते ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरिसकेको छ ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया