नर्भिक अस्पतालको साधारणसभामा ४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित
काठमाडौं । आईपीओ निष्काशनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ । शुक्रबार थापाथलीस्थित बीएलसीको सभाकक्षमा सम्पन्न दोस्रो साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावमा संशोधन गर्दै लाभांश केही बढाएर पारित गरेको हो ।
यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो । सञ्चालक समितिले लगेको प्रस्तावअनुसार २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(करसहित) वितरण गरिने थियो । तर, साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साधारणसभाको उद्घाटन नर्भिक अस्पतालका संरक्षक बसन्त चौधरी र अस्पतालको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । हाल नर्भिक अस्पतालको चुक्तापुँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापुँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/०७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेण्डाहरु पनि पारित भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया