नेपालमा लगानीका लागि वातावरण निर्माण गर्न आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघले नेपालमा लगानीका लागि वातावरण निर्माण गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई आग्रह गरेको छ । संघको एक प्रतिनिधिमण्डलले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटी गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न अनुकूल वातावरण निर्माणका लागि आग्रह गरेको हो ।
संघका अध्यक्ष डा. बद्री केसीले एनआरएन नेपाल डेभलपमेण्ट फण्ड लि. कम्पनी कार्यान्वयनमा ल्याउन देखा परेका कानुनी बाधा व्यवधानलाई हटाउन उद्योगमन्त्रीसमक्ष आग्रह गरे । लगानी सम्बन्धमा विद्यमान न्यूनतम दुई करोडको मापदण्ड हटाउन समेत उनले माग गरे । यस्तै अर्का अध्यक्ष कुल आचार्यले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पुँजीसहित उनीहरुको ज्ञान, सीप र क्षमता भित्र्याउन नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिए । भेटामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले गैरआवासीय नेपालीलाई लगानीका लागि देखा परेका नीतिगत तथा कानुनी व्यवधान हटाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपालको अर्थतन्त्र धराशायी बन्दै गएको र गैरआवासीय नेपालीको पुँजी भित्र्याउन सरकार तत्पर रहेको उनको भनाइ थियो । उनले भने, ‘विश्वभर आर्थिक मन्दी छ, नेपालको अर्थतन्त्र अझ समस्याग्रस्त छ, तसर्थ, धराशायी अर्थतन्त्रलाई चलायमान बनाउन गैरआवासीय नेपालीको लगानी अपरिहार्य छ, लगानी भित्र्याउन सरकार प्रतिबद्ध छ ।’ अर्थतन्त्र धराशायी हुँदा नेपालीकै पुँजी सदुपयोग गर्न पाउनु सरकारका लागि समेत खुसीको कुरा भएको भन्दै उनले मुनाफासहितको लगानीका लागि सरकारले सहजीकरण गर्ने बताए । उद्योगमन्त्री भण्डारीले गैरआवासीय नेपालीका नीतिगत माग सकेसम्म संसद्को चालू अधिवेशनबाटै टुंगो लगाउने प्रतिबद्धता समेत जनाएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया