काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४औँ अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा देवनागरी दिवस मनाएको छ । विद्यालयका प्राङ्गणमा बुधबार भव्य रुपमा देवनागरी दिवस मनाइएको हो ।
विभिन्न भाषाका लब्धप्रतिष्ठित व्यक्तित्व र काठमाडौँ उपत्यकाका १८ विद्यालयहरुका शिक्षक र विद्यार्थीहरुमाझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिंदी भाषा विभागहरुको समन्वयमा देवनागरी दिवस मनाइएको विद्यालयले जनाएको छ । उक्त अवसरमा सहभागी विद्यालयहरुले संस्कृत श्लोकवाचन, नेपाली–हिंदी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरुमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । अन्तर्विद्यालय प्रतिस्पर्धाहरुमा डीएभी अप्रतिस्पर्धी रहेपनि डीएभी आबद्ध विद्यार्थीहरुले संस्कृत, नेपाली र हिंदी लगायत विभिन्न मातृभाषाका साहित्य, संस्कृति, कला र रीतिरिवाज झल्काउने नृत्य एवं कलाकौशल प्रदर्शन गरेका थिए । डीएभी विद्यार्थीहरु प्रस्तुत भएका संस्कृत स्वागत गीत, नवरस झल्किने थेमेटिक शिवताण्डव, थारु भाषा र संस्कृतिको मघाँैटा नाच र मगर भाषा र संस्कृति बोकेको टप्पा नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी अंग्रेजी माध्यम विद्यालय भए पनि स्थापनाकालदेखि देवनागरी भाषाहरु अध्ययन–अध्यापन भइरहेको जानकारी दिए । यस्तै उनले विद्यालयले संस्कृत भाषाको विकासमा अनवरत रुपमा लागिपरेको समेत उल्लेख गरे । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादव प्रकाश लामिछानेले भाषा र लिपिको विकास भएमात्र शिक्षण प्रक्रिया अगाडि बढ्नसक्ने बताए । नेपाल संस्कृत विश्वविद्यालयका प्राडा नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका सहप्राध्यापक डा.कर्नाखर खतिवडा र त्रिभुवन विश्वविद्यालय हिंदी केन्द्रीय विभागकी डा.मंचला झाबीच शिक्षण प्रक्रियामा मातृभाषाको भूमिका विषयमा अन्तर्क्रिया समेत भएको थियो ।
विकसित राष्ट्रहरुले विभिन्न मातृभाषालगायत राष्ट्रिय भाषाको संरक्षण गर्न सफल भए पनि विकासोन्मुख र अल्पविकसित राष्ट्रहरुको मातृभाषाको सूची प्रत्येक दशकमा घट्ने क्रममा रहेको उनीहरुको भनाइ थियो । विज्ञान, प्रविधि, सञ्चारलगायत सर्वत्र अङ्ग्रेजी भाषाको प्रभाव रहँदारहँदै पनि विश्वका विभिन्न शक्ति राष्ट्रहरु जस्तै कोरिया, जापान, जर्मन, फ्रान्स, चीन रसियाले आफ्नै भाषा संस्कृतिको जगेर्ना गरेका उदाहरणहरु अन्तर्क्रिया कार्यक्रममा अभिव्यक्त भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया