Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारदोलखाको माथिल्लो क्षेत्रमा हिमपात

दोलखाको माथिल्लो क्षेत्रमा हिमपात


दोलखा ।  जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक, शैलुङ, गौरीशंकरलगायतका माथिल्लो भू–भागमा यसवर्षको पहिलो हिउँ परेको हो ।

त्यस्तै जिल्लाको तल्लो भू–भागमा करिब छ महिनापछि वर्षा भएको छ । गतवर्षहरूमा मंसिरदेखि नै हिउँ पर्ने भए पनि पानी नपरेको कारण यसवर्ष फागुनको पहिलो हप्ता सकिँदासम्म हिउँ पर्न सकेको थिएन । आइतबार आएको मौसम परिवर्तनसँगै हल्का वर्षा भएपछि उच्च हिमाली क्षेत्रमा हिउँ खस्न सुरु गरेको हो । आइतबार अपराह्न ४ बजेदेखि कालिञ्चोक क्षेत्रमा हिम्पात भएको स्थानीय होटल व्यवसायी नवराज तामाङले जानकारी दिए ।

लामो समयपछि हिउँदे वर्षा तथा हिम्पात हुँदा जिल्लाका किसान तथा होटल व्यवसायीहरू खुसी भएका छन् । हिउँद सकिन लाग्दा समेत हिउँ नपर्दा बाली लगाउन नपाउँदा किसानहरू चिन्तित थिए भने पर्यटक नआउँदा होटल व्यवसायी मारमा परेका थिए । हाल वर्षसँगै भएको हिमपालले किसान तथा होटल व्यवसायीलगायत सबैमा उत्साह छाएको छ ।  हिमपातपछि कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरी, शैलुङको शैलुङ डाँडा, थुम्की, गौरीशंकर हिमालआसपासका डाँडाकाँडा र जिरीको माथिल्लो भू–भाग, खरीढुङ्गालगायतका माथिल्लो क्षेत्र सेताम्य भएका छन् ।

कालिञ्चोकको कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी स्थानीय होटल व्यवसायीले सुविधासम्पन्न करिब एक सयवटा होटल सञ्चालनमा ल्याएका छन् । हिउँ परेसँगै कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटक बढ्ने संकेत देखिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया