Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं । सानेपा पार्टी केन्द्रीय कार्यालयमा बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । उक्त बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । उपराष्ट्रपति चयनका लागि यही चैत ३ गते मतदान हुँदैछ । यस्तै प्रतिनिधिसभा सदस्य रिक्त भएका चितवन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया