काठमाण्डौं,चैत १२
विश्वमा फैलिरहेको कोरोना भाइसर रोकथामका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि देशलाई पुर्ण रूपमा लक डाउनको घोषण गरेसँगै दोलखा सुनसान बनेको छ । जिल्ला सदरमुकाम चरिकोटसंगै जिल्लाका अन्य व्यापारीक केन्द्र सुनसान वनेका हुन् । दोलखाका मुख्य बजार केन्द्रहरु चरीकोट, दोलखा बजार, जिरी, मैनापोखरी,सिंगटि, मागापौवा लगायतका व्यापारी केन्द्र बिहानबाटै सुनसान देखिएका हुन् । साथै जिल्लाबासी पनि घरभित्रै बसको छन् । साथै सरकारले आह्वान गरेको ‘लक डाउन’को अवज्ञा गर्ने १५ मोटरसाइकल, ३ गाडीलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान ५ बजेदेखि ‘लक डाउन’ गरेपछि चरिकोटमा अत्यावश्यक सवारीसाधनबाहेक चलेका निजी मोटरबाइक १५ र ३ गाडीलाई नियन्त्रणमा लिइएको दोलखा प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । गैरजिम्मेवार व्यवहार देखाएका ३ जनालाई प्रहरीले ४ घण्टा नियन्त्रणमा लिएर कोरोना सम्बन्धि चेतना दिएर घर पठाएको डीएसपी पोखरेलले जानकारी दिए ।त्यसैगरी चरीकोट प्राथमिक अस्पतालमा ३ ओटा सुत्केरी भएको स्वास्थ्यकर्मीले जनाएका छन् भने फिबर क्लीनिकमा २० जनाको चेकजाँच गरिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् कोरोना भाइरस बारेका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए । आवश्यक वाहेक सवारीसाधन तथा सामान्य हिँड्डुल गर्नमा समेत प्रशासनले रोक लगाएको छ । मंगलबार बिहानैदेखि चरिकोट बजार क्षेत्रमा निजी तथा सरकारी सवारीसाधनहरु सञ्चालनमा रोक लगाएको छ भने सर्वसाधारणलाई अति आवश्यक कामबाहेक कहीँ कसैलाई पनी घरबाहिर ननिस्किन प्रशासनले आग्रह गरेसँगै बजार सुनसन बनेका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया