आइतबारदेखि भरी सिलिण्डर ग्यास वितरण हुने
काठमाण्डौं,चैत २७
बजारमा खाना पकाउने ग्यास पर्याप्त भएपछि नेपाल आयल निगमले अब भरी सिलिण्डर बिक्री गर्न निर्देशन दिएको छ । यसअघि निगमको निर्देशनमा ग्यास व्यवसायीहरुले सात दशमलव एक किलो तौलको ग्यास भरेर बजारमा लगेका थिए । बजारम ग्यासको बिक्री हुन छाडेपछि निगमले ग्यास व्यवसायीहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर भर्न भनेको छ ।
बजारमा भने आइतबारदेखि नै भरी अर्थात् १४ दशमलव दुई केजीकै सिलिण्डर बिक्री हुनेछ । लकडाउनको कारण होटल व्यवसाय पूर्णतः बन्द छ । मानिसहरु घरभित्रै थुनिएको कारण घरायसी प्रयोजनका लागि मात्र ग्यास बिक्री भएको छ । आधा सिलिण्डर ग्यास पनि उपभोक्ताहरुले घरघरमा जम्मा गरेपछि ग्यास बिक्रेताहरु व्यापार नगरी बस्न बाध्य छन् ।
लकडाउनको सुरुमा ग्यास अभाव देखिए पनि निरन्तर रुपमा भारतबाट आयात भइरहेको, होटल तथा अन्य व्यवसाय बन्द भएको र विद्यालय तथा कलेज बन्द भएको कारण ग्यासको खपत कम भएको छ । त्यही बेला सरकारले आधा सिलिण्डर मात्र दिएपछि सबैले घरघरमा ग्यास थुपारेका छन् । त्यही भएर ग्यास बिक्री नै हुन छाडेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया