Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुमा झाडापखालाका बिरामीको संख्या बढ्यो

सोलुखुम्बुमा झाडापखालाका बिरामीको संख्या बढ्यो


सोलुखुम्बु । हिमाली जिल्ला सोलखम्बुमा झाडापखालाको बिरामी बढ्दै गएको पाइएको छ । वर्षा सुरु भएसँगै जिल्लाको विभिन्न अस्पतालमा झाडापखालाका बिरामीको संख्यामा वृद्धि भएको पाइएको हो ।

जिल्ला अस्पताल फाप्लुमा दैनिक २० देखि २५ जनासम्म बिरामी झाडावान्ताको समस्या लिएर आउने गरेको अस्पतालका डाक्टर कविन्द्र राईले जानकारी दिए । अधिकांश बिरामीहरू बालबालिकाहरू रहेको डा राईले बताए । केही बिरामीहरू भर्ना नै गराएर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने गरेको डाक्टर सुरेन्द्र शाक्यले बताए । जिल्लाको महाकुलुङ गाउँपालिकास्थित महाकुलुङ प्राथमिक अस्पतालमा पनि झाडापखालाका समस्या लिएर बिरामी आउने गरेको अस्पताल प्रशासन प्रमुख बसन्त राईले बताए ।

अस्पतालमा झाडापखालाबाहेक टाइफाइड, रुघाखोकीजस्ता मौसमी बिरामीको संख्या पनि उत्तिकै रहेको प्रशासन प्रमुख राईको भनाइ छ । दूधकोशी सामुदायिक अस्पताल मुक्लीमा पनि झाडापखाला, रुघाखोकी, श्वासप्रश्वासजस्ता समस्याको बिरामी बढ्दै गएको बताएको छ । कतिपय मौसमी बिरामीहरू अस्पतालमा भर्ना नै गरेर उपचार गराइरहेको अस्पताल डाक्टर अजय चौधरीले जानकारी दिए । वर्षात्को समयमा पानी दूषित हुने भएकाले पिउने पानी निर्मलीकरणमा विशेष जोड दिन चिकित्सकले सुझाव दिएका छन् । वर्षात्मा पानीको मुहानमा भलबाडीले विभिन्न फोहोरहरू मिसिने भएकाले पानीको शुद्धीकरणमा ख्याल गर्न जिल्ला अस्पताल फाप्लुका डा.सुरेन्द्र शाक्यले आग्रह गरे ।


क्याटेगोरी : बिबिध, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया