Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनख्खु कारागारमा कीर्तिपुर आँखा अस्पतालको निःशुल्क शिविर

नख्खु कारागारमा कीर्तिपुर आँखा अस्पतालको निःशुल्क शिविर


काठमाडौं । नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पतालले कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । कारागारमा सञ्चालन गरिएको चार दिने निःशुल्क आँखा शिविरमा आठ सय १६ जना कैदीबन्दीहरूको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएकामध्ये करिब ५० प्रतिशत कैदीबन्दीहरूमा दृष्टिदोषको समस्या देखिएको अस्पतालकी अध्यक्ष एवम् आँखा रोग विशेषज्ञ प्राडा सविना श्रेष्ठले बताइन् । उनका अनुसार चार सय जना कैदीबन्दीहरूमा दृष्टिदोषको समस्या देखिएको छ भने नौ जना मोतियाविन्दुका बिरामी भेटिएका छन् । यस्तै, शिविरमा एक सय ४८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ ।

शिविरमा भेटिएका नौ जना मोतियाविन्दुका बिरामीलाई अप्रेसनको सेवा समेत निःशुल्क उपलब्ध गराइने अस्पताल व्यवस्थापक दिपक बोहोराले जानकारी दिए । प्रोफेसनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सो शिविर सञ्चालन गरिएको संघले जनाएको छ ।


क्याटेगोरी : बिबिध, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया