Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजयपृथ्वी राजमार्ग अवरोध हुँदा बिरामी जोखिममा

जयपृथ्वी राजमार्ग अवरोध हुँदा बिरामी जोखिममा


आशिष बहादुर सिंह
बझाड., साउन २७
लगातारको वर्षात्पछि सेती नदीमा आएको बाढीले बझाङ सदरमुकाम जोडने जयपृथ्वी राजमार्ग अवरोध भएपछि बिरामीको ज्यान जोखिम परेको छ । सुर्मा गाउँपालिका वडा नं. ४ बस्ने लक्ष्मी बोहराको अप्रेसन गरी डेलिभरी गराउन जिल्ला अस्पताल सफल भए पनि अत्यधिक रक्तस्राव भएका कारण उनलाई डडेल्धुरा रिफर गरिदियो ।

तर बाटो बन्द भएका कारण उनलाई थप उपचारका लागि डडेल्धुरा लान नसकेको उनका आफन्तले बताए । मौसममा आएको परिवर्तनसँगै परिरहेको लगातारको वर्षात्ले आइतबार राति जयपृथ्वी राजमार्गअन्तर्गतको तमैल बजार नजिकैको छविसपाथीभेरा गाउँपालिकाको जालिङे बगरमा २० मिटर सडक बगाएको छ ।

वर्षात्का कारण सेती नदीमा पानीको वहाव बढेको र सडक कटान गरे जिल्लाका अन्य ठाउँबाट सदरमुकामको सम्पर्क टुटेको छ । बाढीले सडक बगाएपछि यातायातका साधन चल्नसकेका छैनन् । सदरमुकामबाट जाने सवारी तमैल बजारमा रोकिएका छन् भने भित्रिने सवारीसाधन विभिन्न ठाउँमा रोकिएका छन् । सडक बगाएको ठाउँमा माथितिर कडा चट्टान भएकोले तत्काल सडक सञ्चालनमा आउने सम्भावना रहेको देखिँदैन ।

वैकल्पिक बाटो पनि नभएपछि यातायात सुचारु हुन केही समय लाग्ने भएको छ । सेती नदीमा पानीको वहाव बढेसँगै नदी किनाराका बस्तीहरु समेत जोखिममा रहेका छन् । नदीले कटान सुरु गर्न थालेपछि बस्तीहरु उच्च जोखिममा रहेका हुन् । लगातार वर्षा भइरहेको र नदीमा पानीको वहाव बढेपछि उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले समेत आग्रह गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया