Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकिर्ते गरेको अभियोगमा वडासचिव पक्राउ

किर्ते गरेको अभियोगमा वडासचिव पक्राउ


बारा, पुस ११
प्रहरीले सरकारी कागजात किर्ते गरेको अभियोगमा पचरौता नगरपालिका वडा नम्बर ४ र ५ का वडासचिव प्रभु पण्डितलाई पक्राउ गरेको छ । जबरजस्ती करणी उद्योग कसूरका अभियुक्तलाई फाइदा तथा पीडितलाई नोक्सानी पु-याउने नियतले अभियुक्तको किर्ते जन्मदर्ता बनाएको अभियोगमा वडासचिव प्रभु पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी उद्योग कसूर मुद्दामा जिल्ला अदालत बाराको पुस १ गतेको आदेशले हाल पुर्पक्षको सिलसिलामा कारागार कार्यालय वीरगञ्ज थुनामा रहेका पचरौता नगरपालिका ५ बस्ने सोहन भन्ने १८ वर्षीय जितेन्द्र महतो नुनियाको २०५८ सालमा जन्म भएकोमा २०६० सालमा जन्म भएको भनी वडासचिव पण्डितले किर्ते कागज तयार गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पण्डितउपर लिखतसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया