
सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लाको माप्यदूधकोशी गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिका जोड्ने कायखेतमा मोटरेबल पुलको शिलान्यास गरिएको छ । माप्यदूधकोशी गाउँपालिका वडा नम्बर ६ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नम्बर ७ को सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुनलागेको पुलको शिलान्यास गरिएको हो । सोलुखुम्बुका संघीय सांसद हेम कुमार राई (सुरवीर), प्रदेश सांसद एवम् नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी र प्रदेश सांसद उत्तम कुमार बस्नेतले सोमबार उक्त पुलको शिलान्यास गरेका हुन् ।
करिब साडे पाँच करोडको लागतमा निर्माण हुने पुलका लागि संघीय सरकार स्थानीय पूर्वाधार विकास साझेदारी कोषको १ करोड १० लाख, प्रदेश सांसद कोषको ५० लाख, प्रदेश सरकारको २ करोड र अपुग रकम माप्यदूधकोशी गाउँपालिकाले व्यहोर्ने सहमति भएको जनाइएको छ । उक्त पुलको निर्माणको जिम्मा जलप नेपाल कन्स्ट्रक्सनले पाएको छ । पुल निर्माणपछि अतिविकट छुट्टै टापुको रुपमा रहेको वडा नम्बर ६ र ७ का नागरिकहरू प्रत्यक्ष लाभान्वित हुनका साथै पर्यटकीय क्षेत्र मेरापिक जान पनि छोटो र उपयुक्त मार्ग पर्ने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुई उद्योगका बीचमा ट्रेडमार्क चोरीको मुद्दा : सरकारले निर्णय नगर्दा विवाद झन् बढ्यो
- निर्माण सुरु भएको चार वर्षसम्म अलपत्र पुल
- करोडौं राजस्व छलीमा सोझो माझीलाई फसाउने समूहका यादव पक्राउ
- ‘सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौँ’
- अचानक बढ्यो सेयर बजार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- सचेत हुँदै विदेश जाने युवा
- फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया