
दोलखा ।
जिल्लामा पछिल्लो समय महिला हिंसाको घटना बढ्दै गएको पाइएको छ । दोलखामा चालू आर्थिक वर्षको छ महिनाको अवधिमा एक सय ९० वटा महिला हिंसाका घटना भएका छन् । पुस मसान्तसम्ममा महिला हिंसाअन्तर्गतका सम्बन्धविच्छेद, आत्महत्या, बलात्कार, घरेलु हिंसालगायत एक सय ९० वटा उजुरी जिल्ला अदालत दोलखामा परेका छन् ।
यस्तै पछिल्लो छ महिनाको अवधिमा ९० जना महिलाले हिंसाका कारण सम्बन्धविच्छेद गरेका छन् । राष्ट्रिय महिला आयोगले बिहीबार दोलखाको भीमेश्वर नगरपालिकामा आयोजना गरेको महिला हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत दोलखाका श्रेस्तेदार सुमनकुमार कुशवाहाले अदालतमा दर्ता भएका धेरैजसो मुद्दाहरू सम्बन्धविच्छेदका रहेको जानकारी दिए ।
कार्यक्रममा उनले अत्यधिक मात्रामा सम्बन्धविच्छेदका घटना वृद्धि हुँदै गएको बताए । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले दोलखामा महिला हिंसाका घटना न्यूनीकरण गर्न अपनाउनुपर्ने उपायका सम्बन्धमा कार्यक्रमको सहजीकरण गरेका थिए । तिवारीले दोलखामा हुनेगरेका लिभिङ टुगेदर, वैदेशिक रोजगार जाँदा हुने घटना तथा घरेलु महिला हिंसा, बलात्कारलगायतका घटना न्यूनीकरण गर्न सम्बन्धित निकायले खेल्नुपर्ने भूमिकालगायत रोक्ने उपायको सम्बन्धमा सहभागी महिलाहरूलाई जानकारी गराएका थिए ।
त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले लिभिङ टुगेदारका घटना दोलखामा खासै नदेखिए पनि विवाहपछि सम्बन्धविच्छेद, जबर्जस्ती करणी, बालिका बलात्कार र घरेलु महिला हिंसाका घटनाका उजुरी धेरै आउने गरेको बताए । यसलाई रोक्नका लागि सबै निकायले गाउँसम्म महिला हिंसा न्यूनीकरणका कार्यक्रम लिएर जानुपर्ने बताए ।
त्यसैगरी मेलुङ गाउँपालिकाकी उपाध्यक्ष एवं मेलुङ न्यायिक समितिकी संयोजक कल्पना भण्डारीले गाउँपालिकामा आउने धेरै उजुरीमध्ये घरेलु महिला हिंसा, प्रेम सम्बन्धपछिको आत्महत्या, बालिका बलात्कार किशोरी बलात्कार, सम्बन्धविच्छेद र शारीरिक सम्बन्धलगायतका उजुरी आउने गरेको बताइन् । कार्यक्रममा जिल्लाका ६५ जना महिला सहभागीले भएका थिए । सहभागी अपाङ्गता भएका महिलाहरूले अपाङ्ग भएकै कारण धेरै हिंसा सहेर बस्नुपरेको पीडा महिला अधिकारकर्मीसामु राखेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया