Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिकको सेवा सुरू

वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिकको सेवा सुरू


बीरगञ्ज । ।
वीरगञ्जमा मुटुसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि ‘वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिक’ले सेवा सुरू गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबार पोलिक्लिनिकको उदटन गरेका हुन् । मुटुसम्बन्धी समस्याको सहज उपचारलाई लक्षित गरेर सेवा सुरू गरिएको पोक्लिनिकका सञ्चालक डा. मधु गुप्ताले बताइन् ।

बिरामीहरूलाई सहज र सुलभ रुपमा विशेषज्ञसहित सेवा प्रदान गरिने सञ्चालक डा. गुप्ताले जानकारी दिइन् । पोलिक्लिनिकमा मुटुसम्बन्धी उपचारमा टीएमटी, पीएफटी, इको, एबीपी मोनिटरिङलगायतको सेवा दिइनेछ । पोलिक्लिनिकले विशेषज्ञ डाक्टरहरूद्वारा मुटुसम्बन्धी सबै उपचार सेवा, मधुमेह, थाइराइड, स्त्री रोग, पेटसम्बन्धी समस्या, फोक्सोको जाँच र नशा रोगको उपचारको प्रबन्ध मिलाएको डा. गुप्ताले बताइन् ।

बाल तथा शिशु रोग विशेषज्ञबाट नवजात शिशु र बाल रोगको पनि उपचार हुने पोलिक्लिनिकले जानकारी दिएको छ । बिरामीलाई सहज रुपमा उपचारका लागि पोलिक्लिनिक परिसरमै प्याथोजी ल्याब र फार्मेसीको पनि व्यवस्था मिलाइएको छ । पोलिक्लिनिकले उपचारमा नयाँ प्रविधि र विशेषज्ञतालाई विशेष जोड दिइएको बताएको छ । वीरगञ्जबाहिरका विशेषज्ञ डाक्टरहरूबाट पनि बिरामीलाई सेवा प्रदान गर्ने व्यवस्था मिलाउने योजना पनि बनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया