Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधठूला व्यवसायमा महिलाको लगानी बढ्दै

ठूला व्यवसायमा महिलाको लगानी बढ्दै


भक्तपुर ।
भक्तपुरको पर्यटन तथा होटल व्यवसायमा महिलाहरुको लगानी बढ्न थालेको छ । महिलाहरुले संयुक्त लगानीमा ठूला व्यवसाय सुरु गर्नथालेका छन् । महिलाहरुले मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा दुई करोड रुपैयाँको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् । ‘मिल मि’को शनिबार पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरे । स्वदेशी तथा विदेशी पर्यटकदेखि परिवारसम्मलाई लक्षित गरी भक्तपुर जिल्लामै पहिलोपटक एउटै छानामुनि स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने उद्देश्यले ‘मिल मि’ सञ्चालनमा ल्याएकोे प्रबन्धनिर्देशक विपना सापकोटा पौडेलले बताइन् ।

देशव्यापी रुपमा शाखा विस्तार गर्ने उद्देश्यले व्यावसायिक बजारको रुपमा विस्तार भएको मध्यपुरथिमि नगरपालिका–४ राधे राधे क्षेत्रको भाटभटेनी अगाडि सापकोटासहित दुर्गा राई, रमिता कासिछ्वा र भावना खरेलको संयुक्त लगानीमा ‘मिल मि’ सञ्चालनमा ल्याइएको हो । प्रबन्धनिर्देशक सापकोटाले ‘मिल मि’ले स्वदेशी तथा विदेशी नागरिकलाई बिहान ७ देखि राति १० बजेसम्म सेवाग्राहीलाई सेवा दिने बताइन् । यहाँ नेपाली, थकाली खाना, नेवारी तथा एसियाका विभिन्न देशका खाना तथा खाजाका साथै अन्य परिकारहरु पाइनेछ । साथै केही समय पनि होम डेलिभरीको समेत व्यवस्था गर्ने निर्देशक सापकोटाले बताइन् ।

बेकरी उत्पादन आफ्नै रहेको ‘मिल मि’मा एक पटकमा ३० जना अटाउने क्षमताको सेमिनार हल र एक सय २० जना ग्राहक अटाउने बताइएको छ । ‘मिल मि’मा २५ जनालाई रोजगारी समेत दिइएको छ । यहाँबाट भएको आम्दानीको दुई प्रतिशत रकम भक्तपुर जिल्लाको सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने घोषणा गरिएको छ । एक महिनासम्म २० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको प्रबन्धनिर्देशक सापकोटाले जानकारी दिइन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया