Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधज्येष्ठ नागरिक र विद्यार्थीलाई ताम्रकार समाजको सम्मान

ज्येष्ठ नागरिक र विद्यार्थीलाई ताम्रकार समाजको सम्मान


काठमाडौं ।
ताम्रकार समाजले ज्येष्ठ नागरिक एवं विद्यार्थीहरुलाई सम्मान गरेको छ । ताम्रकार समाजबाट ज्या जंक्वः (७८ वर्ष) पूरा गरेका करिब ३५ ज्येष्ठ नागरिकहरुलाई देय् दबूका अध्यक्ष नरेश ताम्रकारले दोसल्ला ओढाई विशेष सम्मान गरेका हुन् । त्यस्तै समाजबाट एसईई, उच्च मावि, स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गर्ने करिब एक सय २५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

समाजका पूर्वअध्यक्षहरु धर्मकृष्ण ताम्रकार, श्याम गोविन्द ताम्रकार, निवर्तमान अध्यक्ष अच्युत कृष्ण ताम्रकार तथा अध्यक्ष रविन्द्र राज ताम्रकारले ट्रफी, कदरपत्र एवं नगद पुरस्कारबाट उनीहरुलाई सम्मान गरेका थिए ।

समाजले आफ्नो स्वर्णजयन्तीको अवसर पारेर जावलाखेलमा आइतबार ज्येष्ठ नागरिक एवं शैक्षिक सम्मान कार्यक्रम राखेको थियो । समाजको ज्येष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले कोरोना भाइरसका कारण समाजबाट स्वर्णजयन्तीको अवसरमा धेरै कार्यक्रमहरु गर्न नसकिरहेको बताए ।

अग्रजहरुको त्याग परिश्रम मिहिनेतकै कारण समाजले आफ्नो स्वर्णजयन्ती मनाउन सफल भएको बताउँदै उनले भाषा, कला, संस्कृति सम्पदा संरक्षण सम्वद्र्धनमा ताम्रकार समाज सदा लागिपरेको जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया